Comments Add Comment

स्वेता र दयाहाङको ‘कान्छी’ घोषणा, नम्रताको ठाउँमा अनु अनुवन्धित


अन्ततः केही महिनाको प्रतिक्षापछि चलचित्र ‘कान्छी’को घोषणा गरिएको छ । अब, यो चलचित्रको छायांकन भदौ २ गतेबाट सुरु हुनेछ । केही महिनादेखि नै निर्माण हुने भनिएतापनि विभिन्न कारणले यो चलचित्रको घोषणा हुन सकेको थिएन । नायिका स्वेता खड्काको निर्माणमा तयार हुन लागेको यो चलचित्रलाई आकाश अधिकारीले निर्देशन गर्दैछन् । चलचित्रमा यम थापाको पटकथा तथा संवाद छ ।

यो चलचित्रमा नायिका स्वेता खड्का र नायक दयाहाङ राङ मुख्य भूमिकामा देखिदैछन् । स्वेतालाइ दर्शकले शिर्ष भूमिकामा देख्नेछन् । साथमा, नायिका अनु शाह, भूमिका श्रेष्ठ यो चलचित्रको मुख्य कलाकारको रुपमा देखिदैछन् ।

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले भने-‘यो एउटा विशुद्ध गाउँको कथामा बन्न लागेको चलचित्र हो । गाउँमा अहिले अधिकांश यूवायूवतीहरु विदेश जाँदा मलामी उठाउने मानिस पनि छैनन् । चलचित्रले विदेश किन जाने भन्ने प्रश्न उठाउनेछ ।’ मुस्ताङमा करिब ३५ दिन यो चलचित्र खिचिनेछ ।

नायिका स्वेता खड्काले आफूले चलचित्र निर्माणमा हात हालेको भन्दै सबैको साथ र सहयोग पाउनेमा विश्वस्त रहेको बताइन् । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । भदौ २ गतेबाट छायांकनमा जाने चलचित्रलाइ माघ २६ गतेबाट रिलिज गरिने निर्देशक अधिकारीले जानकारी दिए । ४५ दिनको सेड्यूलमा यो चलचित्रको छायांकन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment