Comments Add Comment

अस्थायी शिक्षकले परीक्षामा भाग नलिने

काठमाडौंको भद्रकालीमा अस्थायी शिक्षकहरुको अनसन ।

३१ साउन, काठमाडौं । अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ ।

समितिका उपाध्यक्ष जयनारायण ढकालले परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको जानकारी दिए ।

गत असार ९ गतेको सहमतिअनुसार शिक्षा ऐन संशोधन गरी परीक्षाको नयाँ मिति तोक्न माग गरी समिति आन्दोलित छ ।

समितिका तर्फबाट यही साउन १८ गतेदेखि भद्रकालीमा अनशनरत दुई शिक्षकको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको छ । सहमतिमा परीक्षामा सबै अस्थायीले भाग लिन पाउने र असफल भएमा उचित क्षतिपूर्ती दिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment