Comments Add Comment

अस्थायी शिक्षकको परीक्षा एक साता पछि सर्‍यो

३१ साउन, काठमाडौं । अस्थायी शिक्षकहरुको परीक्षा एक साता पछि सरेको छ । शिक्षक सेवा आयोगले भदौ ३ गतेलाई परीक्षा मिति तोकेको थियो ।

सो परीक्षा अब भदौ १० गते हुने गरी एक साता पछि सरेको आयोगले जनाएको छ । बाढी पहिरोको कारण आवत जावत गर्न समस्या परेको भन्दै आयोगले परीक्षा स्थगित गरेको छ । परीक्षा केन्द्र र समय भने यथावत राखिएको छ ।

अस्थायी शिक्षकहरु परीक्षा मिति सार्नुपर्ने र शिक्षा ऐन संशोधन गर्नुपर्ने माग राख्दै दुई सातादेखि आमरण अनसनमा छन् । तर, आयोगले जारी गरेको सूचनामा अनसनको विषय कतै उल्लेख गरिएको छैन ।

यसैबीच आयोगका अध्यक्ष र सदस्यहरुले पााच दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् आयोगको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment