Comments Add Comment

बाढी प्रभावितका लागि चलचित्र संघको सहयोग, ‘राहत कोष’ पनि स्थापना


नेपाल चलचित्र संघले बाढीबाट प्रभावितहरुका लागि ‘राहत कोष’को स्थापना गरेको छ । अध्यक्ष प्रदिपकुमार उदयका अनुसार संघले अत्याधिक बषर्ाका कारणले भएको धनजनको क्षतीमा दुःख समेत व्यक्त गरेको छ ।

संघले स्थापना गरेको कोषमा चलचित्र संघको तर्फबाट १ लाख नगद सहयोग हस्तान्तरण गरिएको छ । यस्तै, क्यूएफएक्स सिनेमाको तर्फबाट १ लाख, बीके फिल्मस्को तर्फबाट नगद दश हजार सहयोग गरिएको छ । संघले संघका सदस्यहरुलाइ पनि रकम सहयोगका लागि आह्वान गरेको छ । संघले राहत कोषमा जम्मा भएको रकम बाढीग्रस्त क्षेत्रमा कार्यरत संस्था एनएफसीसी मार्फत वितरण गरिने पनि बताएको छ ।

देशका विभिन्न क्षेत्रमा अविरल बषर्ापछि आएको बाढीका कारण लाखौ नागरिक प्रभावित भएपछि अहिले चलचित्र सम्बन्धी संघसंस्था र चलचित्रकर्मीले राहत रकम सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment