Comments Add Comment

संशोधन विधेयकमाथि दफावार छलफल सुरु, ४ गते भोटिङ

३२ साउन, काठमाडौं । संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा दफावार छलफल सुरु भएको छ । भदौ ४ गते भोटिङ गराउने तयारी छ ।

संसदको बुधबार बसेको बैठकमा कानुनमन्त्री यज्ञबहादुर थापाले संशोधन विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए, जसलाई संसदले सर्बसम्मतले स्वीकृत गरेको छ ।

छलफलमा भाग लिँदै एमाले सांसद रेवतीरमण भण्डारीले आफ्नो संशोधन पास हुनुपर्ने बताए ।

लगतै संसद बैठक भदौ ४ गते बस्ने गरी स्थगित भएको छ ।

संशोधनमाथि ४ गते भोटिङ

यसैबीच संसदको अर्को बैठकमा संशोधन विधेयकमाथि भोटिङ हुने भएको छ ।

बुधबार नै बसेको प्रमुख तीन दलको बैठकमा संशोधन विधेयकलाई अघि बढाउने सहमति जुटेको छ । बैठकमा सहभागी एक नेताले भने, ‘आज भोलि नै गरौं भन्ने कुरा पनि आएको छ । तर, सम्भवतः ४ गते भोटिङ हुन्छ ।’

संविधान संशोधन विधेयकमा परेका संशोधनहरु निर्णयार्थ पेश भएपछि संशोधनको मुल विधेयकमाथि मतदान हुनेछ । संशोधन पास हुन दुई तिहाई बहुमत चाहिन्छ, जुन अहिलेसम्म देखिएको छैन ।

यद्यपि राष्ट्रिय जनता पार्टी संशोधन विधेयक पास-फेल जे भएपनि चुनावमा जान तयार देखिएको छ ।

यो पनि पढ्नुहोस् 

तीन दलको निर्णयः प्रदेश र संघको चुनाव मंसिर दोस्रो साता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment