Comments Add Comment

सर्वाधिक कमाउने बलिउड स्टारमा साहरुख पहिलो नम्बरमा


केही हप्ता अगाडि मात्र रिलिज भएको चलचित्र ‘जब ह्यारी मेट सेजल’ले बक्स अफिसमा कमजोर व्यापार गरेपनि यसले नायक साहरुख खानलाइ खासै असर परेको छैन ।

यो बर्षको जनवरी महिनामा रिलिज भएको चलचित्र ‘रइस’को राम्रो कमाइले साहरुखलाइ यो बर्षर्क सर्वाधिक कमाउने बलिउड नायकको सूचीमा पहिलो स्थानमा ल्याइदिएको छ । फोब्र्सका अनुसार साहरुखले सन् २०१७ मा ३८ मिलियन डलर कमाएका छन् । ५१ बर्षका यी चर्चित नायकले चलचित्र, विज्ञापन लगायत विभिन्न तरिकाले राम्रो आम्दानी गर्ने गरेका छन् । साहरुख, विश्वकै दोश्रो धनी कलाकार पनि हुन् । फोब्र्सको टप १०० को सूचीमा साहरुख ६५ औ स्थानमा छन् ।

यस्तै, नायक सलमान खानले ३७ मिलियन डलर कमाएका छन् । उनी यो सूचीको ७१ औ स्थानमा छन् । टप १०० मा पर्ने तेश्रो बलिउड कलाकारमा नायक अक्षय कुमार छन् । ८५ औ नम्बरमा रहेका अक्षयले ३५.५ मिलियन डलर कमाएका छन् । टप १०० मा अरु बलिउड कलाकारले स्थान पाएका छैनन् । यो सूचीमा विश्वका चर्चित खेलाडी, म्यूजिसियनहरुले पकड जमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment