Comments Add Comment

पार्टी फुटको ‘बदला’ लिन संशोधनको विपक्षमा भोट हाल्ने राप्रपाको निर्णय

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रमुख विपक्षी एमालेले पटक-पटक विपक्षी मोर्चामा ल्याउन पहल गर्दा राप्रपाले संशोधन विधेयकमा नैतिक प्रतिवद्धता जनाइसकेको बताउँदै अस्वीकार गर्दै आएको थियो । तर, पार्टीमा आएको फुटपछि हेटौंडामा बसेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन विधेयकको विपक्षमा उभिने निर्णय गरेको छ ।

राप्रपाले संशोधन विधेयकले विपक्ष उभिनेमा निर्णय लिनुको कारण यसले मधेसको समस्या समाधान गर्न नसक्ने, मधेसकेन्द्रीत दलहरु चुनावमा आउने भइरहेको तथा हिन्दु राष्ट्रबारे आफूहरुले राखेको संशोधन अगाडि नबढाएको तर्क गरेको छ ।

तर, नेताहरुका अनुसार मुख्य कारण पार्टी फुट नै हो । राप्रपा नेतृत्वले आफ्नो पार्टीमा आएको फुटमा सरकारको पनि भूमिका रहेको आरोप लगाएका छन् ।

त्यसको बदलास्वरुप संशोधनको विपक्षमा उभिने निर्णय भएको स्रोतको दाबी छ ।

संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा दफावार छलफल चलिरहेको छ । र, भोलि निर्णयार्थ पेश गर्ने तयारी छ । तर, राप्रपाले समर्थन नगर्ने भएपछि यो विधेयकको पक्षमा दुई तिहाई बहुमत नपुग्ने देखिएको छ ।

प्रचण्ड सरकारमा जानु गम्भिर भुल

राप्रपाले प्रचण्ड सरकारमा सहभागी हुनु गम्भिर भुल भएको ठहर गरेको छ । उसले भनेको छ, आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारमा सहभागी हुनु राप्रपा जस्तो राष्ट्रवादी पार्टीको निमित्त प्रत्युत्पादक हुन पुग्यो ।’

उपप्रधानमन्त्री लिएर राप्रपा अध्यक्ष कमल थापा आफैं प्रचण्ड सरकारमा गएका थिए । तर, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि सरकारबाट पछि हटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment