Comments Add Comment

अस्थायी शिक्षकको परीक्षा अनिश्चितकालका लागि स्थगित


६ भदौ, काठमाडौं । अस्थायी शिक्षकको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । शिक्षक सेवा आयोगले १० भदौका लागि तय भएको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।

बाढी पहिरोको कारण सृजना भएको असहज परिस्थिति अझै कायम रहेको र राज्यको सम्पूर्ण ध्यान त्यहीँ केन्द्रीत रहेको बहाना बनाइएको छ । तर, मुख्य कारण आन्दोलनरत अस्थायी शिक्षकहरुसँग सहमति नहुनु भएको स्रोतको दाबी छ ।

यसअघि ३ भदौका लागि परीक्षा तय भएको थियो । तर, अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रिएपछि परीक्षा सात दिन पर सारेर भदौ १० गतेलाई तोकिएको थियो ।

परीक्षा सारेपनि सहमति हुन सकेको छैन । आफूहरुसँग सल्लाह नगरी परीक्षाको मिति तोकिएको भन्दै अस्थायी शिक्षकहरुले आमरण अनसन जारी राखेका छन् । पहिले नै गोल्डेन हृयाण्डसेक रोजिसकेका अस्थायी शिक्षकलाई नयाँ सहमति अनुसार फेरि परीक्षामा सामेल गराउनु पर्ने उनीहरुको माग छ ।

सरकारले सुरुमा अस्थायी शिक्षकका लागि गोल्डेन ह्याण्डसेक वा परीक्षा एक विकल्प दिएको थियो । जस अनुसार परीक्षा रोज्नेले पास नभए गोल्डेन ह्याण्डसेक पाउँदैनथे ।

तर, अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रिएपछि सरकार परीक्षामा फेल भएकालाई पनि गोल्डेन ह्याण्डसेक दिन तयार भयो । तर, त्यसबेलासम्म केही शिक्षकले गोल्डेन ह्याण्डसेक रोजिसकेका थिए र उनीहरुले परीक्षा फर्म भरेका थिएनन् ।

पढ्नुहोस् शिक्षक सेवा आयोगको वेबसाइटमा राखिएको पछिल्लो सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment