Comments Add Comment

रोहितको ‘ब्रेकअप’मा आशिरमानकी हिरोइन शिल्पा


अन्ततः निर्माता रोहित अधिकारीले आफ्नो नयाँ चलचित्र ‘ब्रेकअप’का लागि नायिका फाइनल गरेका छन् । केही समयदेखि रोहित यो चलचित्रका लागि नायिकाको खोजीमा थिए । हेमराज वीसीले निर्देशन गर्न लागेको यो चलचित्रमा नायक आशिरमान देशराज पहिले नै फाइनल भैसकेका छन् । आशिरमानको चर्को पारिश्रमिकका कारण पनि सुरुवातदेखि नै यो चलचित्र चर्चामा थियो ।

अब, रोहितले आशिरमानको जोडीको रुपमा नव-नायिका शिल्पा मास्केलाइ फाइनल गरेका छन् । शिल्पासँग चलचित्रमा काम गर्नेबारे संझौता भैसकेको रोहितले जानकारी दिए । शिल्पाले एक हलिउड चलचित्रमा समेत काम गरेकी छिन् । चलचित्र ‘गाजलु’ निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा सफल निर्माताको रुपमा स्थान बनाइसकेका रोहितको दोश्रो चलचित्र ‘ब्रेकअप’ निर्माण अगाडि नै चर्चामा छ ।

निर्माता अधिकारीले भने-‘गाजलु’ पछि दर्शकले हामीबाट निकै राम्रो चलचित्रको अपेक्षा गर्नुभएको छ । ‘ब्रेकअप’ निर्माणमा कुनै कमजोरी हुन दिदैनौ ।’ चलचित्रलाइ नेपालका रमणिय स्थान जोमसोम, पोखरा, मनाङ, मुस्ताङमा खिचिनेछ । लण्डनमा चलचित्रको केही दृश्य छायांकन हुनेछ ।  

रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को प्रस्तुतीमा बन्न लागेको चलचित्रमा रोहित अधिकारी, रुपक थापा, दिपक खतिवडाको लगानी रहनेछ । चलचित्रको छायांकन भदौको अन्तिमबाट गरिने बताइएको छ । लभ स्टोरी कथामा निर्माण हुन लागेको यो चलचित्रलाइ यसैबर्ष प्रदर्शन गर्ने रोहितको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment