Comments Add Comment

यस्तो छ संचिता र मलिनाको ‘लिला’ ट्रेलर


भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिला’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै रोमान्स र सस्पेन्स कथाले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

रमेश कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देविराम पराजुली, सीपी पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ताको रुपमा रहेका छन् भने सीपी पौडेल कार्यकारी निर्माताको रुपमा छन् । लक्ष्मण बस्नेत र विमला घिमिरेले चलचित्रको निर्माण गरेका हुन् । लक्ष्मण बस्नेतको लेखन रहेको चलचित्रमा बसन्त सापकोटा र रमेश खड्काको संगीत, शिव ढकालको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राइको नृत्य निर्देशन, अष्ट महर्जनको एक्सन छ ।

चलचित्रको ट्रेलरमा राज र मलिनाको प्रेम र सस्पेन्सलाइ प्रमुखता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment