Comments Add Comment

राणा विरुद्ध कमल थापा पनि अदालत जाने

८ भदौं, काठमाडौं । सर्वाेच्च अदालतको आदेश र निर्वाचन आयोगको निर्णय पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको पक्षमा आएपछि कमल थापा पनि राणा विरुद्ध अदालत जाने भएका छन् ।

राप्रपा विभाजनामा निर्वाचन आयोगले गरेको निर्णय त्रुटीपूर्ण र कानुन सम्मत नभएको भन्दै कमल थापा नेतृत्वको राप्रपाले कानुनी उपचारका लागि अदालत जाने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता भुवन पाठकले विज्ञप्ति प्रकाशित गरी कानुनु उपचारका लागि अदालत जाने निर्णय गरिएको जानकारी दिएका हुन् ।

राप्रपाबाट अलग भएको समूहले पशुपतिशम्शेर राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । यसक्रममा ६४ जनाको हस्ताक्षर बुझाइएको थियो । तर, उनीहरु मध्ये केही केन्द्रीय सदस्य नै नभएको भन्दै राप्रपाले उजुरी दिएपछि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न भन्यो ।

सुरुमा समय मागेको राप्रपा प्रजातान्त्रिका अध्यक्ष राणाले पुरानै हस्ताक्षरलाई मान्यता दिई दल दर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट हाले । साथै हस्ताक्षर सनाखतका लागि आयोगमा उपस्थित समेत भएनन् ।

सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आदेश दिइसकेको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले गत सोमबार राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्यहरुको हस्ताक्षर सनाखत प्रक्रिया रोक्न भनेको थियो ।

आयोगले भने त्यसको अघिल्लो दिन आइतबार नै हस्ताक्षर सनाखतका लागि अनुपस्थित भएको प्रमाणिकरण समेत गरेको थियो । तर, सर्वोच्चले सोमबारको अन्तरिम आदेशमा यो प्रक्रियालाई यथास्थितिमा राख्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment