Comments Add Comment

अजयसँग सम्वन्ध नबिगार्न सलमानले लिए यस्तो निर्णय

बलिउड स्टार सलमान खान निकै मित्रवत् छन् । उनी अन्य स्टारहरुसँग सकभर सम्वन्ध बिगार्न चाहँदैनन् । हालै उनले यसैको एउटा उदाहरण प्रस्तुत गरे ।

करण जौहरसित मिलेर सलमानले सारागढी युद्धमा आधारित फिल्म बनाउने तयारी गरेका थिए । यस फिल्ममा अक्षय कुमारलाई मुख्य भूमिकामा खेलाउने तय भएको थियो । तर, जब सलमानलाई थाहा भयो कि अर्का अभिनेता अजय देवगणले पहिले नै सारागढी युद्धमाथि फिल्म बनाउने घोषणा गरिसकेका रहेछन् । त्यसपछि उनले करणसँग मिलेर फिल्म बनाउने सोच त्यागिदिए ।

स्मरणीय के छ भने करण र अजयबिच पहिलेदेखि नै सम्वन्ध राम्रो थिएन । उनीहरुको एउटा फिल्म सँगै रिलिज भएर जुधेका थिए । सलमानलाई लाग्यो कि अहिले फेरि एउटै विषयवस्तुमा दुवैले फिल्म बनाउँदा पछि समस्या निम्तिन सक्छ । सारागढी युद्धको विषयमा फिल्म बनाउने घोषणा पहिले अजयले गरेका हुनाले उनी पछि हट्न तयार भए । उनले अजयसँग आफ्नो सम्वन्ध विगार्न चाहेनन् ।

यही विषयमा हालै अजयले एक अन्तरवार्तामा भने, ‘सलमानले सारागढी युद्धको विषयमा फिल्म बनाउने छैनन् । उनी बाहेक अरु कसैले यो विषयमा फिल्म बनाइरहेको मलाई जानकारी छैन । म यो फिल्म बनाइरहेको छु तर यसमा मलाई अलिकति समय लाग्नेछ । यसलाई म एकदम ठूलो स्तरमा बनाउनेछु । यसका लागि मलाई कम्तिमा २ वर्षको समय चाहिन्छ । यदि अरु कोही सारागढीमाथि फिल्म बनाउँछ र मेरोभन्दा अगाडि रिलिज गर्छ भने मलाई कुनै आपत्ति छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment