Comments Add Comment

सर्वोच्चको आदेशअनुसार नेशनललाई सम्वन्धनः त्रिवि

९ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेशनल मेडिकल कलेज सञ्चालनको अनुमति दिनु जायज भएको बताएको छ ।

कांग्रेस सांसद एवम् पूर्वशिक्षामन्त्री गगन थापाले नेशनल मेडिकल कलेजको अनुमति खारेज गर्न माग गर्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति निकालेर विगतमा सर्वोच्च अदालतले दिएको आदेश, मन्त्रीस्तरीय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रको व्यवहोरा अनुसार नै नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको स्पष्ट पारेको छ ।

त्रिवि कार्यकारी परिषदले गत साउन १२ गते नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष ०७४/७५ देखि एमबीबीएसको मात्र पढाइ सुरु गर्न अस्थायी सम्वन्धन दिएको थियो ।

त्रिविद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न पर्दैन भनी आधिकारिक निकायबाट लिखित निर्देशन प्राप्त भएमा त्रिवि कार्यकारी परिषदको मिति २०७४/०४/१२ को निर्णयमा पुनर्विचार गर्न सकिने कुरा सम्वन्धित सबैमा जानकारी गराइन्छ ।’

पढ्नुहोस् त्रिविको विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment