Comments Add Comment

देउवाले देशको शीर निहुर्‍याएः ओली

फाइल तस्वीर

९ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी प्रमुख विपक्षी दलका नेताले गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ आरोप लगाए । नियमित उपचारका लागि बैकक जाने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले देउवाको चर्को आलोचना गरे ।

देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएकोमा असन्तुष्टि जनाउँदै ओलीले भने, ‘संसदले गरेको फैसलालाई धज्जी उडाउनु भएको छ । गिडगिडाएर क्षमायाचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले कोसिस गरेको थिएँ तर सकिँन ।’

देउवाले देशको स्वाभिमानको वास्ता नगरेको र असान्दर्भिक रुपमा संविधान संशोधनको विषय ल्याएको उनको आरोप छ । उहाँको हाउभाउ, अभिव्यक्ति, उहाँले प्रस्तुत गरेका विषयबस्तुले देशकै शीर निहुरिएको छ’ ओलीले भने ।

बिहीबार हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले दुई तिहाई पुर्‍याएर संविधान संशोधन गर्ने बचन दिएका थिए ।

एमाले अध्यक्ष ओलीले बाढी, पहिरो तथा डुबान पीडितहरुको राहत, उद्धार र पुनस्र्थापनालाई अझै प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment