+
+
Shares

न्यूयोर्कमा दूर्गा मन्दिर बनाउन भट्टको ७५ लाख सहयोग

विजय थापा विजय थापा
२०७४ भदौ ९ गते १८:४४

२५ अगस्ट, न्यूयोर्क । न्यूयोर्कमा दूर्गा मन्दिर तथा सामुदायिक भवन बनाउन लामो समयदेखि न्यूयोर्क बस्दै आएका राजेश भट्टले ७५ हजार डलर (करिव ७५ लाख रुपैयाँ) बराबर रकम सहयोग गरेका छन् ।

रिजउड नेपाली समाजको पहलमा न्यूयोर्कको ज्याक्शन हाईट्सस्थित सत्यनारायण मन्दिरमा भैरहेको श्रीमद् भागवत महापुराणको दोश्रो दिन सोही पुराणका संयोजक भट्टले सहयोग गरेका हुन् ।

भट्टले अनलाइनखबरसँग कुरा गर्दै आवश्यक भए सहयोगको रकम अझै बढाउने बताए । सहयोग रकम प्रतिस्पर्धाको लागि हो की साच्चीकै सहयोगको लागि हो भन्ने प्रश्नमा उनले भने,’हरेक सप्ताहान्तमा बिद्यालय पढ्दै गरेकी मेरी छोरीका साथीहरु हाम्रो ईसाई मन्दिरमा जान लागेको भन्ने गर्छन्, तर मैले र मेरी छोरीले कहिल्यै पनि उनीहरुलाई हामी हाम्रो मन्दिरमा जान लागेको भन्न सकेनौ । मलाई सधै यो कुराले आत्मग्लानी भैरहृयो । त्यसैले रिजउड नेपाली समाजको पहलमा सबै नेपाली समुदायको सहभागितामा बन्न लागेको दूर्गा मन्दिर र नेपाली सामुदायिक भवनको लागि मैले मन खोलेर ७५ हजार डलर सहयोग गरेको हो । म यो सहयोग रकममा अझै थप्न सक्नेछु ।’

भट्टले रिजउड नेपाली समाजले जग्गा किन्दा २५ लाख ९२५ हजार डलर दिएका थिए ।

यसैगरी दोश्रो दिन अर्का दानवीर तथा अभियन्ता सूर्यसाल लम्सालले ३० हजार ३६५ डलर सहयोग गरेका छन् । लम्साल गैरआवासीय नेपाली संघ अमेरिकाका आगामी निर्वाचनका लागि महासचिवका सशक्त दाबेदार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?