Comments Add Comment

यो हो विश्वके ठूलो किर्तिमानी समोसा

पूरै १५ घण्टाको समय लगाएर तयार पारिएको छ विश्वको सबैभन्दा ठूलो समोसा । यो समोसा डेढ क्विन्टल अर्थात् १५० किलो वजनको छ ।

बेलायतको राजधानी लण्डनमा बनाइएको उक्त समोसाले चर्चा बटुलिरहेको छ । नबटुलोस् पनि किन ? यो विश्वको सबैभन्दा ठूलो समोसा हो ।

पूर्वी लण्डनको एक मस्जिदमा यो समोसा बनाइएको छ । मुस्लिम समाजको सामुदायिक सेवासँग जोडिएको एक संगठनले यो समोसा बनाएको हो । समोसा बनाउन पूरै १५ घण्टाको समय लाग्यो । यो समोसा तयार पारेर पछि घरबार विहिन मानिसहरुलाई खानाको रुपमा वितरण गरियो ।

यो समोसा बनाउने क्रममा मस्जिदमै गिनिज बुक अफ वल्र्ड रेकर्डस्का कर्मचारी पनि उपस्थित भएका थिए । गिनिज अधिकारीका अनुसार समोसा बनाउन सबै नियमहरु विधिपूर्वक पालना गरिएको छ । समोसाको स्वाद चाखिसकेपछि गिनिज अधिकारीले उक्त समोसालाई विश्वकै ठूलो समोसाको उपाधि प्रदान गरे ।

स्मरण रहोस् यसअघि पनि सबैभन्दा ठूलो समोसाको किर्तिमान बेलायतकै नाममा थियो । सन् २०१२ मा बेलायतमै ब्रेडफोर्ड कलेजमा १ सय १० किलोको समोसा तयार पारिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment