Comments Add Comment

प्रदेश २ एमालेको जन्मभूमि हो, पहिलो नै हुन्छः बामदेव

१० भदौ, काठमाडौं । नेकपा एमालेले प्रदेश २ को स्थानीय चुनावमा पनि आफू नै पहिलो पार्टी बन्ने दाबी गरेको छ ।

जनसंगठनहरुको अगुवा कार्यकर्ता भेलाको शनिबार राजधानीमा उद्घाटन गर्दे कार्यवहाक अध्यक्ष बामदेव गौतमले मधेस एमालेको जन्मभूमि भएको बताए । उनले भने, ‘त्यो ठाउँमा चुनाव हुन गइरहेको छ, जहाँ एमाले जन्मियो र पटक पटकको परीक्षामा प्रथम भएको छ । यस पटक पनि प्रथम हुन्छ ।’

मधेस केन्द्रीय दलहरु आज आएर च्याउ उमि्रए जस्तो उम्रिएको उनको टिप्पणी छ । उनले कांग्रेस, माओवादी सहितका दलहरु लोकतन्त्रवादी नभई भँडुवातन्त्रवादी भएको बताए ।

कांग्रेस र माओवादी केन्द्रले जसरी पनि जित्नुपर्छ भनेर गठबन्धन गरेको बताउँदै गौतमले भने, ‘या त कांग्रेस माओवादी भएको छ, यात माओवादी कांग्रेस भएको छ ।’

स्थानीय तहको अधिकार कटौति गर्न ल्याएकोसंशोधन विधेयकलाई एमालेले विफल बनाएको भन्दै उनले निर्धक्कसँग जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment