Comments Add Comment

सशस्त्र प्रहरी जवानको हत्या सहकर्मी नै गरेको पुष्टि


१० भदौ, कञ्चनपुर । सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको आफ्नै सहकर्मीले हत्या गरेको खुलेको छ । गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा हत्या भएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा कुँवरको हत्या सहकर्मी धनवहादुर विष्टले गरेको खुलेको छ । विष्ट सशस्त्र प्रहरीको बढीमालिका गण, कैलालीका जवान हुन् ।

प्रहरीका अनुसार दुबै जनाले मादक पदार्थ गरेका थिए । घर र्फकने क्रममा विवाद भएको र ढुंगाले हानेर कुँवरको हत्या गरेको विष्टले स्वीकार गरेका छन् ।

कुँवरले लगाएको सुनको सिक्री पनि विष्टसँग भेटिएको छ । विष्टको घरमा खानतलासी गर्दा हत्या गरिएका नरेन्द्र कुँवरको घाँटीमा लगाएको सुनको सिक्री फेला परेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको कैलालीका डीएसपी ज्ञानबहादुर सेटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment