Comments Add Comment

राम्रो कथामा फिल्म खेल्दा कृतीलाइ फाइदा


बलिउडमा चलचित्र ‘हिरोपन्थी’बाट डेब्यू गरेकी नायिका हुन्, कृती सेनन । पहिलो चलचित्रले औषत व्यापार गरेपनि कृतीको चर्चा भयो । दोश्रो चलचित्र ‘दिलवाले’मा त उनी नायक साहरुख खानसँग नै देखिइन् ।

साहरुखको चलचित्रमा काम गर्दा कृतीको चर्चा पनि निकै चुलियो । चलचित्रले पनि राम्रो कमाइ गर्‍यो । तेश्रो चलचित्र ‘रब्ता’मा भने उनी पूर्ण रुपमा असफल बनिन् । यो चलचित्र नचलेपछि कृतीको करिअर कता जाला भन्ने खालका चर्चा पनि चलेका थिए ।

तर, गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘बरेलीकी बर्फी’ले बक्स अफिसमा कमालको व्यापार गरेपछि कृती दंग छिन् । दोश्रो हप्ताको शनिबारसम्म आइपुग्दा चलचित्रले २१.६५ करोड कमाइ गरिसकेको छ । चलचित्रको कथावस्तु दर्शकलाइ मन परेकाले पनि यसको व्यापार कम भएको छैन । यसले जम्मा २ करोडको ओपनिङ गरेको थियो ।

आयुष्मान खुराना, राजकुमार राव जस्ता कलाकारको मुख्य भूमिका रहेको चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरेपछि कृती पनि दंग छिन् । चलचित्रको कमेडी पाटोलाइ दर्शकले निकै मन पराएका छन् ।

बलिउडमा अहिले स्टारडम भन्दा पनि चलचित्रको कथावस्तु चल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment