Comments Add Comment

संसद् सचिवालयका कर्मचारीलाई सुविधै सुविधा, सचिवको तलब मन्त्रीभन्दा दोब्बर !

१२ भदौ, काठमाडौं । संसद् सचिवालयको एक समूहले संसदका महासचिव र सचिवहरुको मासिक तलब तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको छ ।

मस्यौदाअनुसार, संसदका महासचिवले मासिक न्यूनतम एक लाख ९७ हजार र सचिवले तलबभत्ता मात्र मासिक ९० हजार रुपैयाँभन्दा बढी प्राप्त गर्ने उल्लेख छ । महासचिव र सचिवका तलब, भत्ताबाहेक, फर्निचर र पोसाकभत्ता (एकमुष्ट) बाहेक उनीहरुले सहयोगी खर्च, सुरक्षा गार्ड, दैनिक भ्रमण भत्ता, चाडपर्व खर्च, बिजुली, धारा, पानी, सवारी साधन तथा इन्धन, सहयोगी भर्ना खर्च, आवास सुविधा र उपचार खर्चसमेत प्राप्त गर्ने प्रस्ताव छ ।

यी रकमसमेत जोड्दा उनीहरुको तलब मन्त्रीको भन्दा झन्डै दोब्बर हुने देखिएको आजको अन्नपूर्ण पोस्टले लेखेको छ । हालको काननुनअनुसार एक मन्त्रीले तलब, भत्ता गरी ९० हजार रुपैयाँ प्राप्त गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment