Comments Add Comment

करिनासँग बोलचालै छैन शाहरुखको, सेटमै परेको थियो झगडा

बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरीले हालै मुम्बईमा आफ्नो नयाँ शोरुम खोलेकी छिन् । उनी एक इन्टेरियर डिजाइनर हुन् ।

केही दिनअघि आफ्नो शोरुमको उद्घाटन गर्दा उनले थुप्रै सेलिब्रिटीहरुलाई निम्त्याएकी थिइन् । उनीहरु सबैजना गौरीलाई बधाई दिन आए । तर, एउटी अभिनेत्री निम्तो पाएर पनि आइनन् । उनी थिइन् करिना कपुर ।

करिना बेफुर्सदी वा अरु कारणले गौरीको निम्तो मान्न नआएकी होइन । उनी नआउनुको कारण हो गौरीका श्रीमान शाहरुखसँगको तितो सम्वन्ध । शाहरुख र करिनाबिच केही समययता बोलचाल नै छैन । उनीहरु विभिन्न कार्यक्रममा भेट हुँदा एक-अर्कासँग तर्केर हिँड्छन् ।

यी दुईको सम्वन्ध बिग्रेको फिल्म ‘रावन’ निर्माणका क्रममा रहेछ । शाहरुखको होम प्रोडक्सनमा बनेको सो फिल्ममा करिना नायिका थिइन् । ठिक त्यति नै बेला करिना आफ्नो व्वाइफ्रेन्ड सैफ अली खानको फिल्म ‘एजेन्ट विनोद’ को सुटिङमा पनि व्यस्त थिइन् । करिनाले एजेन्ट विनोदलाई बढि समय दिएर आफ्नो फिल्मलाई वेवास्ता गरेको भन्दै शाहरुख रुष्ट बने ।

यस विषयमा उनीहरुबीच पटक-पटक फिल्मको सेटमै जुहारी पनि चलेको बताइन्छ । यही क्रममा शाहरुखले भनिदिए कि अब उनी कहिल्यै करिनासँग काम गर्ने छैनन् । रावन त जसोतसो बन्यो, त्यसपछि कुनै पनि फिल्ममा यो जोडी दोहोरिएको छैन ।

आफ्ना श्रीमानसँग बोलचालै नरहेकी हिरोइनलाई गौरीले किन बोलाइन् भन्ने चाहिँ उदेकलाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment