Comments Add Comment

हिन्दु राष्ट्र विरोधीले राप्रपा फुटाएः कमल थापा

१२ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने शक्तिले पार्टी विभाजन गराएको आरोप लगाएका छन् ।

उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा आफ्नो अनुकूलको गठबन्धन निर्माण गर्ने र त्यो गठबन्धनको बलमा आफ्नो प्रभाव स्थापित गर्न चाहने शक्ति नै पार्टी विभाजनको कारक बनेको बताए ।

पार्टी एकीकरणको भेलमा केही विकृति पनि पार्टी भित्र छिरेको उल्लेख गर्दै उनले त्यही विकृत अवसरवादी तत्वले पार्टी विभाजनलाई मूर्त रुप प्रधान गरेको बताए ।

आगामी मंसिरमा हुन लागेको संसद र प्रदेशको चुनाव विचारलाई स्थापित गराउने र अप्रत्यासित रुपमा प्रहार हुन आउने तरबारको सामना गर्नुपर्ने चुनौतिका कारण पनि महत्वपूर्ण भएको भन्दै संगठित भएर अघि बढ्न अध्यक्ष थापाले कार्यकर्तालाई निर्देशन दिए ।

उनले परिवर्तित राजनीतिक परिवेशमा आईपर्ने सबै प्रकारका समस्यासँग जुध्न सक्ने गरी तयारी अवस्थामा रहन पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment