Comments Add Comment

यस्तो छ दया र बर्षाको ‘मिस्टर झोले’को फस्टलुक


चलचित्र ‘मिस्टर झोले’को प्रदर्शन मितिसँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ । केही बर्ष अगाडि बनेको चलचित्र ‘झोले’को नाममा ‘मिस्टर’ थपेर तयार पारिएको यो चलचित्रलाइ रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु दयाहाङ राइ, दीया पुन, बर्षा राउत, वुद्धि तामाङ, प्रविण खतिवडालाइ देखाइएको छ । चलचित्रमा पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, सरोज अर्याल, मणिराम पोखरेल लगायतका कलाकारको पनि मुख्य भुमिका छ ।

चलचित्रको फस्टलुकमा नायक दयाहाङ राइले भित्ते घडी बोकेका छन् । यो चलचित्र पौष २८ गतेबाट रिलिज हुने भएको छ । रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रलाइ टेकेन्द्र खड्काले निर्माण गरेका हुन् । कमेडी कथामा बनेको यो चलचित्रले दर्शकलाइ पूर्ण मनोरञ्जन दिने निर्माणपक्षको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment