Comments Add Comment

‘टाटा कार सस्तो मात्र छैन ! उत्कृष्ट स्टाइल र पर्फर्मेन्सको प्याकेज छ’


अटो ब्राण्ड ‘टाटा’ नेपालका लागि सुपरिचित छ । कमर्सियल भेहिकलमा अब्बल मानिएको टाटा पछिल्लो समय पेसेन्जर सेगमेन्टमा पनि उत्तिकै प्रभावशाली ब्राण्ड बनेर आइरहेको छ । सिप्रदी ट्रेडिङसँगको लामो सहकार्यलाई टाटाले पेसेन्जर भेहिकलमा पनि जारी राख्दै नेपालमा आक्रामक बजार लिइरहेको छ । पछिल्लो समयमा टाटाका कारले सडकमा आफ्नो उपस्थिति पनि बाक्लो बनाएको छ । कसरी टाटा नेपालमा कार सेगमेन्टमा पनि अब्बल बन्दै गएको छ त  ? यस विषयमा हामीले टाटा मोटर्सको नेपालका लागि  कन्ट्री म्यानेजर अजित नारायण  सिंहसँग कुराकानी गरेका छौं । टाटाको पेसेन्जर भेहिकल बिजनेश युनिटका सिंहसँगको कुराकानीको सारसंक्षेपः

प्यासेन्जर भेहिकल सेगमेन्टमा टाटाका लागि नेपाल कस्तो बजार हो ?

म गत जुनमा नेपाल आएँ । दुई महिना हुन लाग्यो, टाटाप्रति कस्टमर निकै आकषिर्त छन् । हामी नेपालमा सिप्रदी जस्तो स्ट्रङ्ग पार्टनरसँग जोडिएका छौं ।

त्यसैले पनि यहाँ टाटाप्रति ग्राहकको सकारात्मक धारणा छ । गएको दुई वर्षमा हामीले ५ वटा गाडी लन्च गर्‍यौं । जेस्ट र बोल्ट होरेजेनिक कन्सेप्टमा थियो । इम्प्याक्ट डिजाइनमा टियागो र टिगोर ल्यायौं ।

अहिले हामी नाडामा हेक्जा शो गर्दैछौं । यस्ता नयाँ गाडी आउँदा ग्राहक आकषिर्त भएर आए । जेष्ट हेयर मार्केट सेयर भएको सेडान हो । यसबाट हामी मार्केट सेयर बढाउँदैछौं । गतवर्ष हाम्रो मार्केट सेयर १३ प्रतिशत थियो भने हामी अहिले १५ प्रतिशतमा छौं ।

त्यसैले कस्टमलेरले हामीलाई पि्रफरेन्स दिइरहेका छन् । हामी केही सेगमेन्टमा उपलब्ध छैनौं । हामी कम्पयाक्ट सेडानमा छैनौं । यो सेगमेन्टलाई हामी निकै मिस गरिरहेका छौं ।

सानो कार सेगमेन्टमा पनि हामी छैनौं । तर, जुन क्याटेगोरीमा हामी छौं, त्यसमा निकै स्ट्रङ्ग छौं । त्यसैले नेपाली बजार हाम्रो लागि राम्रो बजारहो । यहाँ धेरै सम्भावना हामीले देखेका छौं ।

टाटाका लागि नेपाल सम्भावना भएको मार्केट भन्नुभयो, बजारमा अझ बलियो उपस्थिति जनाउन केही विशेष प्लान छन् ?

अटो मोबाइल सेक्टरमा आजको भोलि नै प्लानिङ गर्ने भन्ने हुँदैन, यो क्षेत्र ५ वर्षअघि नै प्लानिङ गरिसक्नुपर्छ ।

आज प्लानिङ भयो भने ५ वर्षपछि त्यो प्रोडक्ट आउने हो । कुनै कम्पनीले ३ वर्षमा पनि ल्याउन सक्छ ।

अहिले केही सेगमेन्टमा उपस्थिति जनाउन सकेका छैनौं । हामी अब सबै सेगमेन्टमा आउँछौं । प्लान छन् । आजको दिनमा हेर्नुभयो भने सफारीभन्दा पि्रमियमको क्याटेगोरीमा हामी थिएनौं ।

त्यसैले हामीले हेक्जा ल्यायौं । ह्याचब्याकका लागि टियागो ल्यायौं । जेष्ट प्रिमियम सेडानमा गयो । त्यसैले त्यो ह्याच र पि्रमियमको बीचबाट टिगोर ल्यायौं ।

हामी कम्प्याक्ट एसयूभी सेगमेन्टका लागि पनि हाम्रो प्लान गर्दैछौं । अब तत्काल हामी भारतमा कम्प्याक्ट नेक्सन लन्च गर्दैछौं । आगामी जुनसम्म नेक्सन नेपाल आइसक्छ ।

त्यसपछि सानो कारमा बाहेक अन्य सबै सेगमेन्टमा हामी पि्रजेन्ट हुन्छौं ।

वर्षैपिच्छे टाटाले नेपालमा आफ्नो बजार बढाउँदै लगेको देखिन्छ । कसरी तपाईंहरुलाई नेपाली ग्राहकले विश्वास गर्दैछन् ?

हो, नेपाली ग्राहकले हामीलाई निकै विश्वास गर्नुभएको छ । यो दुईवटा कुराले सम्भव हुन्छ, पहिलो कारको पर्फर्मेन्स कस्तो छ भन्ने कुराले नै हो ।

बोल्ट र जेष्ट आएपछि हाम्रो कारको परर्फमेन्स निकै इम्प्रुभ यो । यसले बजारमा सकारात्मक सन्देशहरु प्रवाहित गर्‍यो । अहिले टाटाको कारका पर्फर्मेन्सका विषयमा शंका जनाउनुपर्ने अवस्था छैन ।

अर्को पक्ष भनेको सर्भिसिङ हो । हाम्रो च्यानल पार्टनर सिप्रदीले सर्भिसिङमा निकै राम्रो काम गरेको छ । कार किनेपछि त्यसको सर्भिसिङ सहज रुपमा उपलब्ध भयो भने ग्राहकले ब्राण्ड प्रति विश्वास गर्ने हो ।

स्पेयर्स पार्टस् पनि सहज रुपमा पाएपछि बजारमा प्रोडक्ट प्रति विश्वास बढ्ने हो । अहिले नेपालभित्र टाटाका २४ वटा सर्भिस सेन्टर छन् । यसले पनि हामीप्रतिको विश्वास बढेर गएको छ । हामी ग्राहककको सन्तुष्टीका लागि लगातार प्रयासरत छौं ।

नेपाली ग्राहक कार किन्दा कस्ता पक्षलाई प्राथमिकता दिन्छन् ?

हेर्दा नेपाल र भारतको इकोनोमी उस्तै देखिन्छ । अर्थतन्त्रका हिसावले कमजोर भएपनि च्वाइसमा भने नेपाल डिजायनी कार खोज्छ ।

नेपाली ग्राहकको फस्र्ट पि्रफरेन्स हेनुभयो भने ‘लुक्स’ नै हो । देख्दा आकर्षक नभए कार किन्ने अवस्था कम छ ।

नपाली ग्राहकलाई पहिलो कुरा चाँही कार स्टाइलिस हुनैपर्छ । पहिले नै उहाँहरु पर्फर्मेन्स हेर्नुहुन्न ।

तर, दोस्रो पक्षमा चाँही कारले कस्तो पर्फर्मेन्स दिन्छ भन्नेमा चासो हुन्छ । त्यसैले अहिलेको मार्केट लिडरलाई हेर्नुभयो भने स्टाइलिस कार नै हुन् । सँगै पर्फर्मेन्स पनि हेर्ने प्रवृत्ति पनि बढ्दै छ ।

हिजो टाटाका कार सस्तो हुन्छ भन्ने कन्सेप्ट थियो । तर, आजभोलि टाटाले आफ्ना प्रोडक्ट मूल्यका हिसावलेपनि वजनदार बनाउँदै लगेको देखिन्छ, किन ?

तथ्यमा कुरा गर्दा हामीले ४ वर्षसम्म कुनैपनि गाडी लन्च गरेनौं । सन् २०११ देखि सन् २०१५ सम्म टाटाका नयाँ गाडी आएनन् । हामी त्यो समयमा पुरानै गाडी लिएर हिँड्यौं । २०११को समयमा सस्तो कार बढी खोजिन्थ्यो र रुचाइन्थ्यो ।

त्यतिबेला हाम्रो इन्डिका र इन्डिगोले निकै राम्रो मार्केट पनि लिएको थियो । मार्केट लिडर नै थियो । तर, ४ वर्षमा अवस्था फेरिएको छ ।

अहिले मान्छेहरु बरु अलिकति महंगो नै परोस्, तर स्टाइलिस र उत्कृष्ट पर्फर्मेन्स दिने कार खोज्न थालेका छन् । फिचर्स पनि धेरै खोज्न थालेका छन् । त्यसैले अब हामी पनि त्यसैअनुसार गाडीलाई प्रस्तुत गर्न लाग्यौं ।

सबै कार निर्माताहरु अहिले लुक्स र फिचर र पर्फर्मेन्सवाइज राम्रो कार बनाइरहेका छन् । त्यसैले हामी पनि त्यस्तै कार बनाउन लागेका छौं । लागत बढाएर पनि कारलाई प्रिमियम लुक्स दिन लागेका छौं ।

हो, ‘भ्यालु फर मनी’का लागि टाटा खोज्नुस् । सस्तोको लागि नखोज्नुस् । ‘भ्यालु फर मनी’का लागि हामी जुन, स्टाइल र फिचर्सको प्याकेज दिन्छौं, त्यो अरुले दिन सक्दैनन् ।

हामी चढ्दा स्टाइलिस कार दिँदै आएका छौं । सँगै देशभर २४ वटा सर्भिस सेन्टरबाट राम्रो सेवा दिइरहेका छौं । त्यसैले हामी फूल प्याकेज कार हौं ।

बजारमा अरु स्थापित कम्पनी पनि तीव्र प्रतिस्पर्धामा छन् । टाटा यो बीचमा कसरी बलियो सावित हुनसक्ला ?

अरु पनि छन्, तर अहिलेसम्मको स्थितिमा हामी निकै राम्रो गर्दैछौं । दुई वर्ष अघिसम्म हामीसँग गाडी थिएन । सिप्रदीले जेष्टलाई आफ्नो सेगमेन्टमा मोर्कट लिडर नै बनाइसक्यो ।

टियागो पनि आफ्नो सेगमेन्टमा वान अफ द हाइएस्ट सेलिङ कार हो । अब हामीले टिगोर र हेक्जा दिएका छौं । त्यसैले अब हामी ‘गो फर किल’ गर्न सक्छौं ।


अब हामी प्यासेन्जर कार सेगमेन्टमा नेपालमा टप ३ मा आउन सक्छौं । हामी सँग त्यसका लागि प्लान र प्रोडक्ट दुबै छ । सँगै ग्राहकको विश्वास पनि छ ।

टाटा ब्राण्ड नै हिजो कमर्सियल भेहिकलका रुपमा परिचित थियो । अब कार सेगमेन्टमा तपाईंहरु एग्रेसिभ हुनुभएको हो ?

हाम्रो ८० प्रतिशत रेभिन्यु कमर्सियल भेहिकलबाट आउँछ । मार्केट सेयर पनि जुन, कन्ट्रीमा हामी हुन्छौं कि कमर्सिलयमा हामी अघि हुन्छौं । जसले गर्दा पर्सेप्सन बन्यो कि टाटा कमर्सियलमा मात्रै छ । पास्ट कार प्रोडक्ट पनि हामी कमर्सिल सेगमेन्टमा नै फोकस गरेका थियौं ।

तर, त्यो कन्सेप्ट हटाएर हामीले अहिले काम गरिरहेका छौं । दुई वर्षमा हामीले फूल फ्लेजमा पेसेन्जर कार सेगमेन्टमा हामी फोकस छौं भनेर देखाएका छौं ।

यो बीचमा हामीले चारवटा कार ल्याइसक्यौं । पाचौं हेक्जा पनि आइसक्यो । नेक्सन पनि आउँदैछ । जेएलआरको प्लेटर्फमममा हामी अझै दुईवटा एसयूभी ल्याउँदैछौं ।

यति छोटो समयमा यति धेरै कार ल्यायौं । यो सामान्यताः कसैले गर्दैनन् । त्यसैले टाटा अब पेसेन्जर कार सेगमेन्टमा निकै ध्यानपूर्वक लागेको छ भन्ने स्पष्ट छ ।

टाटाले नेपाली बजारकै लागि नै भनेर कुनै रणनीति बनाएको छ ?

नेपालकै लागि मात्रै भनेर त छैन । तर, नेपालमा पनि लागू हुन्छ । हाम्रो मेन मार्केट इन्डिया हो । त्यहाँ टोटल पपुलेसनको ठूलो हिस्सा योंग जेनेरेशन छ ।

योंग जेनरेशनलाई स्टाइलिस कार हो । उनीहरुले पैसालाई सेकेण्डरीमा राख्छन् । टियागो र टिगोरले स्टाइललाई प्रतिनिधित्व गर्‍यो । सँगै अब नेक्सन त एउटा ट्रेण्ड ब्रेकिङ कारका रुपमा आउँछ ।

त्यसैले अब टाटाले ल्याउने कार योंग जेनेरेशन लक्षित छ । त्यसैले नेपालमा पनि उत्तिकै फाइदा हुन्छ, त्यति भारतमा हुन्छ ।
हाइएण्ड कस्टमरले पर्फर्मेन्स र रोड प्रेजेन्ट्स खोज्छन्, उनीहरुका लागि हेक्जा तयार छ । त्यसैले नाडामा आउनेहरुले टिगोर र हेक्जालाई निकै हेरका छन् ।

नेपालमा लन्च नहुँदै नाडामा हेक्जा ल्याउनुभयो, हेक्जालाई कसरी चिनाउनुहुन्छ ?

ग्राहकले आज स्टाइल खोज्छन्, पर्फर्मेन्स खोज्छन् । नेपालीका लागि प्राइस सकेन्डरी भएको छ ।  हेक्जा नेपालका लागि मात्रै हैन, इन्डियाका लागि पनि त्यसै हिसावले बनाइएको हो । यो एकदकै हाइएण्ड एसयूभी हो ।

जसमा हरेक फिचर्स हालिएको छ । यो एउटा अफरोडर हो । यो चेसिस बेस डिजाइन हो, मोनोकोक्स होइन् ।

धेरै एसयूभीको मोनोकक्स डिजाइन हुन्छ, जसको पुलिङ पावर हुँदैन । तिनले उकालोमा तान्न सक्दैनन् ।


हेक्जा आफ्नो सेगेन्टमा यो सबैभन्दा धेरै टर्ब भएको गाडी हो । यसमा ४०० एनएम टर्ब छ । यसमा सबैभन्दा धेरै पावर १५६ पएसएस पावर छ ।

यसमा ज्यागवार ल्याण्डरोभरबाट हिल्सटप र कर्नर स्टेबिलिटी कन्ट्रोल, इएसपी प्रोग्राम लगायतका फिचर्सहरु राखिएका छन् । त्यसैले यो सेगमेन्टकै उत्कृष्ट गाडी हो । यो मूल्यमा यो फिचर्स अरु कसैले दिन सक्दैन ।

नाडाकै अघि टिगोर पनि आयो । यो कस्तो कार हो ?

टिगो यसका लागि हो, जो हार्टबाट योंग छ र जसको मुटु योंग छ । एक लाइनमा भन्दा जसको मुटु छ योंग, उसका लागि टिगोर ।

हामी यसलाई सिनोनिम्समा ‘स्टाइल ब्याक’ भनेका छौं । यो वान अफ द स्टाइलिस कार हो । यो नेपाली ग्राहकका लागि प्याकेज सेडान हो ।

सिप्रदीसँग टाटाको सहकार्य र सम्बन्ध लामो समयदेखि सुमधुर छ । उसको काम गराइ पनि नेपालमा निकै प्रभावशाली मानिन्छ । टाटाले सिप्रदीलाई कसरी हेर्छ ?

सिप्रदीसँग हामी निकै खुसी छौं । हाम्रो रिलेशन पनि निकै राम्रो छ । कमर्सियल भेहिकल र पेसेन्जर भेहिलको पनि डिस्ट्री ब्युटरपनि सिप्रदी नै हो । सिप्रदी र हाम्रो रिलेशन लंगटर्म देखि छ । मैले यति छोटो समयमा जति बुझेको छु, यो रिलेशन लंगटर्म जान्छ ।

सिप्रदी जस्तो डिस्ट्रीब्युटर सायदै कसैले पायो होला । सिप्रदी जस्तो वितरक नेपालमा भेट्टाउन मुस्किल छ ।
हामी अर्को वर्षसम्म टप ३ मा आउने गरी सँगै काम गर्दैछौं । हामी टप ३ मा आएपछि नम्बर वानका लागि दौडन्छौं ।

अन्तिममा, नाडामा गाडी बुकिङको प्रतिस्पर्धा देखिन्छ नि । यसलाई कसरी हेर्नुहुन्छ ?

नाडामा यो मेरो पनि पहिलो अनुभव हो । मेरो १०/१२ वर्षको अनुभव भारतसँगै जोडिएको छ । मैले भारतसँगै जति देशमा यस्ता अटो-शो हेरेको छु, त्यहाँ टेक्नोलोजी नै देखाउने गरिन्छ ।

नेपालमा भने बुकिङको प्रतिस्पर्धा पनि देखिँदो रहेछ । टाटा पनि यसबाट पूरै अलग हुन सकेको छैन । हामी पनि बुकिङमा फोकस नै छौं ।

तर, टाटाले नेपालमा लञ्च नै नभएको हेक्जा राखेर टेक्नोलोजी शो गर्ने प्रयास यसपटक गरेको छ । धेरैले हेक्जालाई हेरेर सकारात्मक प्रतिक्रिया दिनभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment