Comments Add Comment

कपिलको स्वास्थ्य विग्रिएपछि बन्द हुँदै कमेडी शो


केही दिन अगाडि मात्र नायक अजय देवगण आफू अभिनित चलचित्र ‘बादशाहो’को प्रमोशनका लागि चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा पुगे । तर, यसका संचालक कमेडियन कपिल शर्माको स्वास्थ्य अवस्थाका कारण शो सुटिङ नै हुन सकेन । अजय त्यसै फर्किए ।

नायक साहरुख खान पनि चलचित्र ‘जब ह्यारी मेट सेजल’को प्रमोशनका क्रममा कपिलको शोमा पुगे । तर, कपिलले स्वास्थ्य अवस्थाका कारण शो सुटिङ गर्न नसकेपछि साहरुख यसै फर्किए ।

कमेडियन कपिल शर्माको स्वास्थ्य अवस्था विग्रिएपछि अब सोनी टेलिभिजनले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय गरेको छ । स्वयंम कपिलले पनि यो कुराको पुष्टी भारतीय मिडियासँग गरेका छन् । उनले भनेका छन्-‘स्वास्थ्य भन्दा ठूलो अरु केहीपनि होइन । यसैले, हामी केही समयको ब्रेक लिदैछौ । सोनी टेलिभिजनले मेरो समस्या वुझेकोमा धन्यवाद दिन चाहन्छु ।’

कपिलले निर्माण तथा अभिनय गरेको चलचित्र ‘फिरङ्गी’ पनि रिलिज हुने क्रममा छ । चलचित्रको प्रमोशनका क्रममा प्रेसर हुने वुझेका कपिलले तत्काल भने शो बन्द गर्ने निर्णय गरेका हुन् ।

सोनी टेलिभिजनले कपिलका पुराना शोहरु नयाँ समयमा प्रशारण गर्ने तयारी समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment