Comments Add Comment

पत्नीसँग डिभोर्सपछि कंगनालाइ बिहे गर्ने वाचा गरेका थिए ऋतिकले


बलिउड नायिका कंगना रनौट फेरि एकपटक चर्चामा आएकी छिन् । केही महिना अघि मात्रै भाइ-भतिजाका सन्दर्भमा टिप्पणी गरेकी कंगनाले आफु ऋतिक राेशनको श्रीमति हुन चाहेको उल्लेख गरेकी छिन् ।

एक टेलिभिजनसँग कुरा गर्दै कंगनाले आफुले ऋतिकसँग बिहे गर्न चाहेको भन्दै विवाहको विषयमा कुराकानी समेत भएको बताइन् । कंगनाको दावी अनुसार ऋतिकले श्रीमतीसँग सम्बन्ध विच्छेदपछि कंगनासँग बिहे गर्ने वाचा गरेका थिए । तर, पछि नचिने जस्तो गर्न थाले । तर, जब चलचित्र ‘क्विन’ हिट भयो, यसपछि फेरि ऋतिक कंगनासँग नजिक हुन खोजेका थिए ।

हिन्दी चलचित्र ‘काइट्स र कृष-३’ मा काम गर्दा उनीहरु नजिकिएका थिए । कुनै समय प्रेमी-प्रेमिका जस्तो बनेका यी जोडी, पछि एकअर्का बिरुद्ध कानुनी लडाइ लड्न वाध्य भए ।

ऋतिकले कंगनासँग प्रेम रहेको कुरो कहिल्यै स्विकारेनन् । ऋतिकका बुबा राकेश रोशन समेत छोराको बचाउ गर्दै मैदानमा उत्रिए । उनीहरुको लफडा २५, जनावरी २०१६ मा सुरु भएको थियो । त्यहिवेला एउटा समाचार छापियो ऋतिकले हुन्न भनेका कारण ‘आशिकी-३’ मा कंगनाको ठाउँमा सोनम कपुरले स्थान पाइन् ।

यसपछि उनीहरुको विवाद यति चर्कियो कि ऋतिकले कंगनाको इमेल ह्याक गरेर नानाथरी मेल पठाएको हल्ला चल्यो । कंगनाले भनिन्-‘ऋतिकले मेरै मेलबाट मलाई सयौ मेल गरे । उनले मेलमा लेखेका थिए ‘मलाई तिम्रो याद आइरहेको छ । मेरो दिमागमा समस्या छ । मेरो उपचार गराउ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment