Comments Add Comment

तोकिएभन्दा बढी शुल्क उठाउने म्यानपावरका कर्मचारी रंगेहात पक्राउ

१८ भदौ, काठमाडौं । विदेश जाने व्यक्तिसँग तोकिएकोभन्दा बढी शुल्क उठाउँदै गर्दा एक म्यानपावरका कर्मचारीलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको छ ।

सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको बिभागका प्रवक्ता मोहन अधिकारीले अनलाइनखबरले बताए ।

आइतबार विभागले सो म्यानपावरमा छापा मारेको थियो । अधिकारीले विदेश जाने दुई जना कामदारसँग १ लाख ८० हजार रुपैयाँ उठाउँदै गर्दा पक्राउ परेका हुन् ।

अधिकारी दुई जना कामदारलाई मलेसिया पठाउने भनी ८०/८० हजार रुपैयाँ लिँदै गर्दा रंगेहात समातिएका हुन् । ती कामदारले यसअघि पनि म्यानपावरलाई २०/२० हजार बुझाइसकेका थिए ।

विभागले सिद्धग्लोबल म्यानपावर सञ्चालक शंकरप्रसाद आचार्यलाई पनि खोजी गरिरहेको छ । विभागले कर्मचारी पक्राउ गरेपछि म्यानपावरको कारोबार रोक्का गरेको छ ।

विभागले मलेसियासहित ६ खाडी देशमा फ्री भिसा र फ्री टिकेटको नीति लिएको छ । म्यानपावरले १० हजारभन्दा बढी शुल्क लिन पाउँदैनन् । तर, कामदारसँग लाखौं शुल्क लिने क्रम झन् बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment