मंगलबार, ५ मंसिर, २०७४
OnlineKhabar.com

यज्ञशको ‘भुइयाँ’ सार्वजनिक

अनलाइनखबर

 

काठमाडौं । पत्रकार यज्ञशको नयाँ कृति ‘भुइयाँ’ आइतबार विमोचन भएको छ । नेपाल पर्यटन बोर्ड भृकटीमण्डपमा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी र आख्यानकार कुमार नगरकोटीले संयुक्तरुपमा पुस्तक विमोचन गरका हुन् ।

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ३८८ रुपैयाँ छ ।

विमोचन कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नगरकोटीले भने, ‘पहिले यज्ञशजीले पुस्तक लेख्दै छु भन्दा मेलै उहाँले आख्यान लेख्दै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ तर उहाँले मलाई ‘प्लिजेन्ट सरप्राइज’ दिनुभयो नन-फिक्सन लेखेर । तर, यो पुस्तक फिक्सनजस्तै लाग्छ, उहाँको कथ्य बुन्ने तरिका, बिम्बको प्रयोग, पोइटिक वाक्यहरुले गर्दा ।’

अर्की टिप्पणीकार अन्सारीले ‘पुस्तकले सामाजिक आन्दोलनको महत्तालाई पुष्टी गरेको’ बताइन् । उनले थपिन्, ‘रिसर्च मेथोडोलोजी सिकाउन पुस्तक प्रयोग गर्न सकिन्छ । रेफरेन्स टेक्सटका रुपमा यस पुस्तकलाई हाम्रा सोसिओलोजी डिमार्टमेन्टहरुमा राखिए राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

पुस्तक लेखनबारे चर्चा गर्दे यज्ञशले भने, ‘पहिला मैले एकजना महिलाको कथा लेखेको थिएँ । त्यस्तै कथा अन्य थुप्रै महिलाका पनि रहेछन् । तिनको कथा पनि लेख्न सकियो भने त पुस्तक नै बन्दो रहेछ भनेर मैले पुस्तक लेख्न सुरु गरेको हुँ ।’

पुस्तकका प्रकाशक अजित बरालले भने, ‘औसत जीवनका लागि संघर्ष गरिरहेका महिलाहरुका कथाले पाठकका मानवीय संवेदनालाई छुन्छन् र स-साना सामाजिक आन्दोलनलाई हेर्ने उनीहरुको दृष्टिकोणमा परिवर्तन ल्याउँछन् ।’

पटकथा लेखक यज्ञशले अनुवाद गरेका दुई कृति ‘मोहनदास’ र ‘नेलकटर’ प्रकाशित छन् ।

२०७४ भदौ १८ गते १९:२८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this