Comments Add Comment

धोनीले बनाए अनौठो शतक

१९ भदौ, काठमाडौं । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा अनौठो शतक बनाएका छन् ।

श्रीलंकाविरुद्ध कोलम्ब वनडेमा धोनीले १०० स्टम्पिङको आँकडा पूरा गरेका हुन् ।

यो रेकर्ड बनाउने धोनी पहिलो विकेटकिपर हुन् । उनले यो कीर्तिमान ३०१ म्याचमा पूरा गरे ।

श्रीलंकाली पारीको ४५ औं ओभरको अन्तिम बलमा युजवेन्द्र चहलको बलमा धोनीले अपकला धनन्जयलाई स्टम्प आउट गरे । धनन्जय ४ रनमा आउट भए ।

यो खेलमा धोनीले चार ब्याट्सम्यानलाई शिकार बनाए । उनले उपल थरंगा र एन्जेलो म्याथुजलाई क्याच र वानिन्दु हसरंगालाई रन आउट गरेका थिए ।

स्टम्पिङको मामिलामा धोनीको पछाडि श्रीलंकाका पूर्वकप्तान एवं विकेटकिपर कुमार संगकारा छन् । उनले ४०४ वानडे म्याचमा ९९ खेलाडीलाई स्टम्प आउट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment