Comments Add Comment

‘तितो सत्य’ आउने समयमा ‘जीरे खुर्सानी’ आउने(भिडियो)


नेपालमा फेरि विस्तारै सिरियल क्रेज फर्किन थालेको छ । नेपाली टेलिभिजनमा सर्वाधिक सफल मानिएका सिरियलहरु बन्द भएपछि दर्शकले राम्रो सिरियल हेर्न पाएका थिएनन् । तर, अब भने केही चर्चित सिरियलहरु प्रशारण हुने भएका छन् ।

सिरियलको बारेमा जीतुले के भने, भिडियोमा नै हेर्नुहोस्ः

१० बर्षपछि कलाकार सरिता लामिछानेले ‘परिचय’ सिरियल लिएर फर्किएकी छिन् । २ बर्ष अगाडि बन्द भएको हाँस्य सिरियल ‘जीरे खुर्सानी’ पनि फेरि प्रशारण हुने भएको छ । कलाकार जीतु नेपालको निर्देशनमा यो सिरियल बिहिबार बेलुकी पौने ९ बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुनेछ । यो समयमा पहिले ‘तीतो सत्य’ प्रशारण हुन्थ्यो ।

निर्देशक तथा कलाकार जीतु नेपालले यो सिरियलमा सरिता गुरुङ, राजाराम पौडेल, देविराम पराजुली, शिवहरि बैरागी लगायतका कलाकारको अभिनय रहने बताए । देशको समसामयिक बिषयमा नै सिरियल तयार हुने जीतुले बताए । जीतुले पत्रकारसँग भने-‘हामीले पहिले सिरियलको इन्डिङ नै गरेका थिएनौ । ५ सय १७ भाग प्रशारण भएको सिरयल अब बिहिबारबाट ५ सय १८ भागबाट प्रशारण हुनेछ ।’ जीतुले अब भने आफूले ‘जिरे खुर्सानी’ इन्डिङको बाटोमा लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment