Comments Add Comment

प्रदेश २ मा असोज २ गते सार्वजनिक विदा दिन सरकारलाई आग्रह

शिक्षण संस्थामा २९ गतेदेखि नै विदा दिन निर्वाचन आयोगको पत्राचार

१९ भदौ, काठमाडौं । निर्वाचन आयोगले असोज २ गते स्थानीय चुनाव हुने प्रदेश नम्बर दुईका ८ जिल्लामा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले तेस्रो चरणको स्थानीय तहको निर्वाचन हुने सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटका सबै सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा असोज २ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयसँग आग्रह गर्ने निर्णय गरेको हो ।

यस्तै ८ जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसहरुमा भदौ २९ गतेदेखि असोज २ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

निर्वाचनमा मतदान कार्य सञ्चालनका लागि अधिकांश मतदान केन्द्र विभिन्न सार्वजनिक एवं संस्थागत विद्यालय, क्याम्पसलगायतका शैक्षिक संस्थामा रहेकाले ५ दिन बन्द गर्नु पर्ने आयोगको माग छ ।

मतदानपछि पनि कुनै सार्वजनिक वा संस्थागत विद्यालय र क्याम्पसमा मतगणना हुने अवस्था आएमा मतगणना कार्य सम्पन्न नभएसम्म विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउन समेत शिक्षा मन्त्रालयलाई आयोगले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment