Comments Add Comment

सपिङ गर्दा धेरै पटक ठगिएकी छुः सरिता लामिछाने


पुनः टेलिश्रृङ्खला ‘परिचय’ मार्फत काँचको पर्दामा अभिनय यात्रा सुरु गरेकी कलाकार सरिता लामिछाने पहिरन लगाउने मामलामा चुजी छिन् । उनी यही किन्नु पर्छ भन्ने मान्यता राख्दिनन् । आफूलाई मनपर्ने लुगा पाइन् भने फुटपाथमै पनि किनिदिन्छन् । उनै नायिकासँग अनलाइनखबरले सपिङका सन्दर्भमा गरेको कुराकानीः

सपिङ स्थानः यहि भन्ने छैन । हामी त्यस्तो ब्राण्ड कन्सस पनि छैनौं । आफुलाई मिल्ने खालको लुगा जहाँ पाइन्छ त्यही किन्ने चलन छ । न्युरोड, भाटभटेनी, काठमाडौं मल वा बुटिक जता पनि हुनसक्छ ।

बार्गेनिङः बार्गेनिङ गर्ने मामलामा म सार्‍है कमजोर छु । मलाई त पसलमा छिर्ने बित्तिकै पसलको डेकोरेशन, भाडा लगायतका कुराले छुन्छ । पसलेलाई कम्ती गार्‍हो छ जस्तो लाग्छ । त्यहिकारण म प्रायः फिक्स प्राइस भएको ठाउँमा जान्छु । तर, ऋषीजी -श्रीमान्) असाध्यै धेरै बार्गेनिङ गर्नुहुन्छ । १५ हजार भनेको लुगालाई पाँच हजारवाट सुरु गर्नुहुन्छ । म त्यो आँट गर्न सक्दिनँ ।

सल्लाहा कि सरप्राइजः हामी जहिल्यै सल्लाहा गरेर मात्रै सपिङमा जान्छौं । किनकी सपिङ त्यत्तिकै हुन्न । बजेटको पनि कुरा हुन्छ, सल्लाहा नगरी सपिङ गर्ने कुरा नै आउँदैन ।

महंगो लुगाः धेरै महंगा साडी र सुट छ । तर, म नढाँटी भन्छु त्यस्ता महंगा साडी र सुट धेरै जसो मलाई उपहार आएका छन् । आजसम्म मैले आफ्नो लागि एकजोर कपडामा २० हजार भन्दा बढी खर्च गरेकी छैन ।

सस्तोः त्यस्तो त धेरै छ । तीनसय, पाँचसय पर्ने लुगाहरु पनि धेरै पटक किनेकी छु । घरमा बस्दा लगाउने लुगा सस्तै किन्छु ।

फुटपाथमा सपिङः मैले भनिहालेँ नि मनपरेको लुगा पाएँ भने फुटपाथमा पनि किन्छु ।

ठगिएको महसुस्ः धेरै पटक भएको छ । राम्रै स्टोरबाट ६ हजार तिरेर किनेको कपडा एकपटक मात्रै लगाएको रेकर्ड पनि छ । अन्य कतिपय बस्तुमा पनि १६० पर्नेलाई मैले ६ सयसम्म तिरेको छु । मलाई त लाग्छ हामी अझै उपभोक्ता अधिकारको वारेमा सचेत हुन सकेका छैनौं । त्यहि कमजोरीको फाइदा ब्यबसायीले उठाएका छन् ।

ब्यक्तित्व विकासमा पोशाकः पोशाकले ब्यक्तित्वको विकासमा भुमिका खेल्छ । तर, यसको अर्थ यो होइन कि राम्रो पोशाक लगाउँदैमा सबै मान्छे राम्रा हुन्छन् । मान्छे राम्रो हुनका लागि उसको विचार पनि राम्रो हुन्छ । हरेक कुरालाई सकारात्मक दृष्टिले हेर्न सक्नुपर्छ ।

कति पुराना लुगा छः मसँग बिहेको साडी छ । जुन २० वर्ष पुरानो भयो । अरु १५/१६ वर्ष पुराना सिमित लुगाहरु पनि छ । लुगाको पनि निश्चित आयु हुने हुनाले म धेरै लुगा जम्मा पारेर राख्दिनँ । आफूलाई लगाउन मन लागेन भने अरु कसैलाइ दिन्छु । मैलो राखेको लुगाले कसैको गर्जो टर्छ भने दिनुपर्छ भन्ने मान्यता राख्छु ।
तीन मध्ये को किफायतीः म, ऋषीजी र छोरी मध्ये ऋषीजी धेरै किफायती हुनुहुन्छ । म उहाँलाई हरेक महिना एउटा सर्ट किनिदिन्छु तर, लाउनुहुन्न । जतनले राख्नुहुन्छ ।

अहिलेसम्म लुगामा खर्चेः खै त्यो त हिसाबै गरेको छैन । कसरि हिसाब गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment