Comments Add Comment

आनन्दको बायोपिकबाट ऋतिकले हात झिकेपछि अक्षयलाइ अफर


नायक ऋतिक रोशनको करिअर मात्र होइन, अहिले समय पनि खराब चलिरहेको छ । पत्नीसँग डिभोर्स, नायिका कंगना रनावतसँग लफडाका कारण ऋतिक नकारात्मक रुपमा चर्चामा छन् ।

उनै, ऋतिकले एक चलचित्र छाडेपछि फेरि चर्चा सुरु भएको छ । ऋतिकले आनन्द कुमारको जीवनीमा बन्न लागेको चलचित्रमा काम गर्ने चर्चा थियो ।
तर, अब ऋतिक यो चलचित्रमा नहुने भएका छन् ।

भारतीय मिडियाका अनुसार, यो चलचित्रका लागि अब नायक अक्षय कुमारलाइ अफर गरिएको छ । ऋतिक र उनको टिमलाइ यो चलचित्रको बिषयवस्तु चित्त नवुझेपछि उनले काम नगर्ने निर्णय नगरेका हुन् । ऋतिक चलचित्रको कथावस्तु परिवर्तन गर्न चाहन्थे ।

तर, चलचित्रको निर्माणपक्षले भने कथावस्तु परिवर्तन गर्न मानेन । जसकाकारणले गर्दा चलचित्रमा ऋतिकले काम नगर्ने पक्का भएको छ । यसको निर्माणपक्ष चलचित्रको छायांकन तुरुन्तै सुरु गर्न चाहन्थ्यो तर ऋतिकले हात झिकेपछि छायांकन सन् २०१८ अगाडि सुरु नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment