Comments Add Comment

निर्वाचन आयोगबाटै आचारसंहिता उल्लंघन, पटक–पटक सचिवको सरुवा

२० भदौ, काठमाडौं । आचारसंहिता लागू भइसकेको भन्दै कर्मचारी सरुवा नगर्न दबाव दिने निर्वाचन आयोग आफैले सचिव सरुवा गराएर आचारसंहिता उल्लंघन गरेको छ । निर्वाचन आचारसंहिता लागू भएको बेला पाँच दिनको अवधिमा आयोगका दुई जना सचिवको सरुवा भइसकेको छ ।

आयोगकै आग्रह अनुसार सरकारले सचिव शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा तानेर वेगेन्द्रराज शर्मालाई आयोगमा पठाएको छ । त्यसअघि महेश्वर न्यौपानेको सरुवा गरेर अधिकारीलाई आयोगमा पठाइएको थियो ।

हाल आयोगका सचिव बनेर गएका शर्मालाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन क्षेत्र निर्धारण आयोगमा ल्याइएको थियो । क्षेत्र निर्धारणको काम सकिएलगत्तै शर्मालाई आयोगमा ल्याउन लविङ भएको थियो ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘पटक–पटक कर्मचारी सरुवा गरिएको भन्दै आयोगले सरकारप्रति असन्तुष्टि देखाउँछ । तर, आफ्नै सचिव सरुवामा भने निर्वाचन आयोग आफै भूमिका खेल्छ ।’

पहिलो चरणको स्थानीय चुनावको एक साता अघि आयोगका सचिव गोपिनाथ मैनालीको सरुवामा पनि आयोगको प्रमुख भूमिका रहेको स्रोतले बतायो । आयोगका पदाधिकारीकै दबावमा मैनालीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर सहसचिव दिपक सुवेदीलाई निमित्त सचिवको जिम्मेवारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment