शनिबार, ७ असोज, २०७४
OnlineKhabar.com

सय दिनमा धेरै काम भएका छन्, दुई वर्षमा मोनो रेल सम्भव छ

अनलाइनखबर

सुरुवाती १०० दिनमा बाचा अनुसार काम गर्न नसकेको भनेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निकै आलोचना भइरहेको छ । आमसर्वधारण मात्र होइन, उनको चुनावी प्रतिस्पर्धीहरुले पनि शाक्यले सय दिन खेल फालेको टिप्पणी गरे ।

पछिल्लो दिनमा महानगरमा मेयर र उपमेयरवीचको द्वन्द्व सतहमै आउन थालेको छ । यसको परिणामस्वरुप कर्मचारीले काम नगर्ने, सडकमा फोहोर थुप्रिने र उपमेयरले बैठक बहिस्कार गर्नेसम्मका घटना हुन थालेका छन् ।

मेयर शाक्यले पनि सय दिनमा भनेजति काम गर्न नसकेको स्वीकार गरे । तर, बाहिर भनिए जस्तो केही काम नगरेको भने नभएएको भन्दै उनले क्लिन द सिटी अभियानमा ९९५ टन फोहोर संकलन भएको बताए । यिनै परिघटनाहरुको पृष्ठभूमिमा अनलाइनखबरले मेयर शाक्यसँग १०० दिने कार्यकालको अनुभवबारे संक्षिप्त कुराकानी गरेको छः

कस्तो रहृयो १०० दिन ?

कार्यकाल कस्तो रहृयो भन्ने …(हाँस्दै) कार्यकाल ठीकै रहृयो । जति आफूले सोचेको थिएँ, त्यति गर्न नसके पनि निराश छैन । गर्छु भन्ने लागिरहेको छ ।
केही समस्या छन् । फोहोरको समस्या आएको छ, हिजो पनि गृहमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनमा सहयोग गर्नुपर्‍यो भनेको छु । नियोजित ढंगबाट एकपछि अर्को अकल्पनीय समस्या पनि आएका छन् ।

काम गर्न खोज्दा दिएनन् भन्नुभएको हो ?

(हाँस्दै) चुनावमा सहयोग गर्ने थुप्रै थिए । एकछिन भए पनि आइदिनुपर्‍यो, ५ मिनेट भए पनि आइदिनुपर्‍यो भन्छन् । ५ मिनेट भनेर गएपछि एक घण्टा लाग्ने । त्यसले पनि अलिकति डिस्टर्ब भयो

त्यस्ता पनि केही छन् । हाम्रो र कर्मचारीको स्पिरिट मिल्न सकेको छैन । हामीले एउटा सोच्छौं, गर्ने बेलामा अर्कै भएको छ । कर्मचारी सरुवालाई लिएर साथीहरुले केही दिनदेखि काम गरिरहेका छैनन् । युनियनले जे भन्छ, त्यही हुनुपर्छ भनिरहेका छन् । मेरो भनाइ, जनमतले जितेको म, मेरो योजना लागू हुनुपर्छ भन्ने छ ।

उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग पनि मतभेद सुरु भएको छ । उहाँहरुले कार्यपालिका बैठक नै बहिस्कार गर्नुभएछ…

उहाँहरुको सरुवाकै विषयमा हो । उहाँहरुले भन्नुभएको थियो, सरुवा मिलाएन भने सडकमा फोहोरको डंगुर थुपार्छौं । मैले त्यस्तो होइन, मिलेर जानुपर्छ । फोहोरको राजनीति होइन, विकासको राजनीति गर्नुपर्छ भनेको थिएँ । संयोग भनौं कि के हो, फोहोर थुप्रँदैै गएको छ ।

तर, उपमेयरले त कार्यपालिका बैठक बस्नुअघि एजेण्डासम्म जानकारी दिनुभएन, एकलौटी रुपमा चल्नुभो भन्नुभएको छ त ?

उपमेयरलाई सबै जानकारी छ । एजेण्डाको सबै कपी नै उहाँले लिएर जानुहुन्छ र आफ्नो बैठक बसेर आउनुहुन्छ । अहिले दिएको एजेण्डामा उपमेयरले मेरो एजेण्डा भनेर दिएको पनि आएको छ । अब कसरी उहाँलाई जानकारी छैन भन्ने ?

तपाईले नै उपमेयरलाई सोध्नुस्, तपाईले मेरो एजेण्डा भनेर दिएका विषय नै एजेण्डामा आएका छन् भने कसरी थाहा छैन भन्ने ?

उसोभए, चुनाव सकिएको १०० दिनमा पनि तपाईहरुको प्रतिस्पर्धा सकिएको छैन, कुनै न कुनै रुपमा जारी छ ?

राजनीतिमा यो स्वाभाविकै हो । फरक आस्था भएपछि अगाडि बढ्दा तान्न खोज्ने प्रवृत्ति नै हुँदोरहेछ ।

तर, यसले त विकास र सम्वृद्धिको जन अपेक्षामा घात होला नि ?

म अब जनअपेक्षा अनुसार जाने कि कर्मचारी र युनियनले भने अनुसार सरुवा बढुवा गर्दै जाने हो ? जनअपेक्षा अनुसार चल्न मेरो योजनालाई उहाँहरुले कार्यान्वयन गर्ने हो । तर, उहाँहरुले नै गाइड गरेर यसरी गर्नुपर्छ भनेपछि गाह्रो हुन्छ ।

अहिले पनि उपमेयरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको भनाइ त्यही हो, सरुवा कार्यपालिका बैठकबाट निर्णय गरेर गर्नुपर्छ । तर, कार्यपालिका बैठकबाट सरुवाको निर्णय गरेको मलाई जानकारी छैन । म पनि दुई वडाध्यक्ष भइसकेको मान्छे हुँ, त्यस्तो नजिर थाहा छैन ।

अस्ति, युनियनका साथीहरुले विचारकै आधारमा पेले भनेपछि मैले भनें- म त सबै चिन्दिँन, बरु कांग्रेसकै धेरै छन् भन्छन् । को-को कांग्रेस, एमाले, माओवादी हुन् चिन्ह लगाएर ल्याउनु । उहाँहरुले त्यो पनि ल्याउनुभएन ।

कांग्रेसले मात्र होइन, तपाईका चुनावी प्रतिस्पर्धी किशोर थापाले १०० दिनको समीक्षा गर्दा विद्यासुन्दरले सय दिन खेर फाले, खादा माला लगाउनमै बित्यो भन्नुभएको छ । अवस्था त्यस्तै हो ?

केही त्यो पनि हो …(हाँस्दै) चुनावमा सहयोग गर्ने थुप्रै थिए । एकछिन भए पनि आइदिनुपर्‍यो, ५ मिनेट भए पनि आइदिनुपर्‍यो भन्छन् । ५ मिनेट भनेर गएपछि एक घण्टा लाग्ने । त्यसले पनि अलिकति डिस्टर्ब भयो । यथार्थमा उहाँले भनेको सही नै हो ।

सय दिनमा कति सम्मान कार्यक्रममा गइएछ ?

धेरै ठाउँमा गइयो … हाँस्दै । उहाँ (किशोर थापा) ले भनेको सही हो । म आफैं पनि भनिरहेको छु, कि भनेको जति गर्न सकिएन । तर, समग्र रुपमा केही पनि काम नभएको पनि होइन ।

तर, धेरै मानिसले चुनावका बेला तपाईले बाचा गरेको १०० दिन १०१ कामको लिस्ट बोकेर बसेका छन् । तपाईले आजभोलि पल्टाएर के-के बाचा थिए भनेर हेर्नुभएको छ ?

बाचा अनुसार यो काम भयो, यो गर्न सकिएन र अब यसरी गर्छौं भनेर सार्वजनिक रुपमा नै भन्छौं ।

यो चाहिँ काम गरेँ भनेर कुनै एक-दुई बाचाहरु भन्नु पर्दा ?

मोनो रेलका प्रस्तावहरु धेरै छन् । महानगरसँग विज्ञ टिम नभएकाले कुन प्रस्ताव ठीक छ भनेर मैले छुट्याउन नसकेको हो । यसका लागि हामी विज्ञहरुसँग छलफल गर्न चाहन्छौं

छ । जस्तै क्लिन द सिटी अभियान भनेर ९९५ टन फोहोर उठायौं । दैनिक आउने फोहोर बाहेक नै यति उठाइएको हो, यो कम त होइन ।

अर्को, जेष्ठ नागरिकलाई सम्बोधन गर्ने केही काम भएका छन् । ठूला गाडीहरु भित्र्याउने भनेका थियौं, साझा बससँग सहकार्य गरेर ५ करोड निकासा दियौं ।

सडक ब्रुमरमार्फत सफा गर्ने भनेका थियौं । गाडी खरिद अघि बढिसकेको छ, सामान आउन बाँकी छ । सडकका खाल्डाखुल्डा पुर्छौं भनेका थियौं, कतिपय पुरिसकेका छौं, कतिपय पुर्ने क्रममा छौं । हरेक वडामा झण्डै ९७ लाख गइसकेको छ । यो खर्च गर्ने हो भने भित्री सहरमा रहेका खाल्डाखुल्डी सबै पुरिन्छ । तर, पानी परिरहेकाले हिलोमा पीच नगर्नु भनेर कतिपय ठाउँमा भने मैले रोकेको हो ।

भनेपछि अलिअलि काम भएको छ ?

अलिअलि होइन, धेरै काम भएको छ । तर, हामी मिडियामा धेरै जान सकेनौं । तर, जति गर्छौं भनेका थियौं, त्यो सबै भने भएको छैन । बाहिर भनिए जस्तो केही नै नगरेको पनि होइन ।

जसरी १०० दिनको बाचा र कामलाई लिएर तपाईको आलोचना भएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?

कतिपय आलोचना ठीकै छ, कतिपय पूर्वाग्राही छ । मिडियाले जे भएको छ, सही रुपमा भनिदिनुपर्छ भन्ने मेरो आग्रह छ ।

तर, कार्यकालको सुरुमा नै जसरी मोबाइल खरिद, गाडी खरिद प्रकरणहरु आए । यसले पनि सर्वसाधारणमा यस्तो धारणा बनाउन भूमिका खेल्यो कि ?

मोबाइल हिजो पनि दिएको थियो, अहिले पनि दिएको छ । गाडीको कुरा गर्नुहुन्छ भने पीएल सिंहले मर्सिटिज चढ्थे । त्यो भनेको २५ वर्ष अगाडि नै करोडको गाडी हो ।

अहिले त मैले चढेको गाडी कार्यकारी अधिकृतले चढ्थे । ८७ लाख कि कतिमा किनेको रे । अहिले अन्य नगरपालिकाका मेयरले पनि गाडी चढेकै छन् । तर, काठमाडौंका मेयरलाई मात्र किन आलोचना ? ध्यानाकर्षण गराउनु ठीक हो तर, केहीकेही आलोचना पूर्वाग्रही छन् । चुनावको एजेण्डा बनाइएको छ ।

अन्तिममा, आगामी दुई वर्षमा काठमाडौंमा मोनोरेल गुडाउन सम्भव रहेछ ? सय दिनले के भन्छ ?

मोनो रेलका प्रस्तावहरु धेरै छन् । महानगरसँग विज्ञ टिम नभएकाले कुन प्रस्ताव ठीक छ भनेर मैले छुट्याउन नसकेको हो । यसका लागि हामी विज्ञहरुसँग छलफल गर्न चाहन्छौं । हामी राजनीतिज्ञले त सपना देख्ने हो । हामीले काठमाडौंमा मोनो रेल चलाउनुपर्छ भनेपछि त्यसअनुसार धेरै प्रयास भएको छ ।

अझै २ वर्षमा काठमाडौंमा मोनोरेल गुडाउन सम्भव छ ?

अझै होइन, सम्भावना छ र त्यो हुन्छ ।

२०७४ भदौ २२ गते ११:३४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२० प्रतिकृयाहरू प्राप्त
  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते ११:५९

    दुई वर्षमा मोनो रेल सम्भव छ
    Rail kaha gudaune ho, Shakya ji? Tapai ko ghar ko aagan ma ki Kathmandu ko road ma?

    42
    3
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १२:०१

    कस्तो रहृयो १०० दिन?
    30,000.00 parne mobile kinne decision vayo, ani Mayor saheb le afno lagi expensive gadi kinnu vayo kyare. Tyo vanda bahek ta aru khoi?

    40
    8
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १२:१९

    पी.एलले करोडको गाडी चढे,

    फलानाले यति महँगो laptop,mobile किन्यो,

    कुरो अरुले के गरे होइन,

    जनताको मन जित्ने हो भने,

    जनप्रतिनिधिहरुले किफाएती र मितब्ययी हुन् सिक्नै पर्छ र

    त्यसको सुरुवात आफैबाट गर्ने हो,

    आगामी दिनका लागि सुभकामना छ !

    32
    6
    Share

  • ramesh लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १२:१९

    5 barsa pani yesai gari bitcha. So aaune baki chunab haru ma emale lai full zero banaunu parcha….guffadi ka jhunda haru…

    27
    11
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १२:२१

    Gafffadi Vena bata sikexan hawa gaff garna Sala le pani!

    24
    5
    Share

  • Khambba Singh Darlami Magar लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १२:२२

    Your priorities for this year is
    1. Improve all drainage system
    2. Repair water pipes leaks
    3. Clean all the public place and street
    4. Plant 1 Million trees in fallow land
    5. Complete all deconstruction work
    6. Train and deploy engineers/masons for retrofit and rehabilitate or new construction public building, private house, world heritages sites and temples
    Don’t touch Mono rail, smart city that is out of your capacity and that is not the demand of people.

    69
    2
    Share

  • Gokul G लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १२:२६

    Thukkai ma…yesto ni news padhna paiyo…995 quintal fohar uthaiyo re..lajako pasaro….fohor nahuna dine prayas thalnu ta kata ho kata fohor uthayere…hey bhagwan kalyan gara des ko….Bikas ko kam yo yo gare jasle disghakalin rupma mahanagarbasi/des lai faida hunchha bhanera dekhaunu parne ma fohor uthaye re…fohori manasikta……Jay desh

    25
    5
    Share

  • deuman लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १२:२९

    …Saikal (Bicycle) kudne thau deu, dherai manis nirogi hunxan but Mono Rail le ManoRog lagna sakxa…..

    20
    3
    Share

  • Ram prasad Gautam लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १२:४०

    bidhasunderlai pani desh bharinai uml lai eaklo pare jasto parna khojidai xa aaba sabai woda aadhaya lai aafno woda anibarya safa rakhna nirdeshan dinu paro janata ko kamka birodhi aafi pakha lagxan

    4
    26
    Share

  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १३:२१

    Yinle 100 din ma 101 kam ko list banaunu bhanda footpath ra dhal ani khalda khudi matrai pureka bhae pani janata le manne thie gaf gare kam sinko bhachenan jhan khalda khuldi purdina bhanne jasti keta keti kura gare.Bihani ko sanket le ke bhanxa bhane yi purai asafal meyor hune chhan Itihash mai lekher rakhnush ajai.

    10
    0
    Share

  • AKT लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १३:५१

    फलानोले एतिको गाडी किनो ढिस्कनोले एतिको मोबाएल किनो, मैलेचै किन किन्न नपाउने भन्ने खालको मेयार त चुनेका छन काठमाडौंबासी ले !! अनि शहरको बिकास काडी हुनु !

    17
    5
    Share

  • खगेन्द्र दाहाल लेख्नुहुन्छ    |   २०७४ भदौ २२ गते १४:०६

    मेयरज्यू धेरै कुरामा अलमलियो र धेरैको कुरा सुन्न थालियो भने , एउटा पनि काम फत्ते गर्न सकिदैन । राम्रो काम गर्दा जहिले पनि रिजल्ट राम्रै आउछ, भएको कामलाई गरे भनिरहनु पर्दैन, तस्बिर आफैं बोल्छ । त्यसैले न.१- कठमान्डौका सडक , गल्ली,घर आागन , चौतारी, सार्वजनिक स्थल ,बस पार्क हस्पिटल,सौचालय, पानी पिउने स्थान, जति ठाउहरु छन , सबैलाई सफा गराउनुहोस, सबैतिर गएर सफा भयो कि भएन भनेर आफैंले हेर्नुहोस,सर्ब साधारणलाई सोध्नुहोस, प्रतिक्रिया लिनुहोस, यदि साचैनै सफा भएको देखियो भने ,रिजल्ट तपाईको सामने आउछ ।
    तपाईको लागी यो पहिलो काम हो । कतिदिनमा सक्नु हुन्छ ? आज २०७४ भाद्र २२ गते बिहिबार, यो काम गर्न चाहने हो भने आजको मितिले १०० दिनमा सक्नु हुन्छ । एक चोटि कृपया गरेर हेरिदिनु होला, यदि यो काम भयो भन्ने हामिलाई पनि लाग्यो भने , तपाईको लागी दोश्रो काम हामि अगाडि सार्ने छौं ।

    10
    0
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७४ भदौ २४ गते १७:४२

    thula thula kura bhanda

    1. dhuwa/pradushan nikaalne car,bus,truck,motor saikal sabai laai sakta karbahi gari roknu hos

    2. galli ra chok haru ma dhunga/itaa chhapera motor ra motor saaikal chhirna nadinu hos

    3. saain bord haru ko bebsthapan garnu hos( saana ra ramra matra prayog garna dinus, sankhya pani kam garnus)

    4. jata tatai stariya public toilet haru banaunus

    5. jata tatai bus/mini bus ko bebastha garnus tara tini haru le pradushan patakkai garna hundaina(purano haru roknus)

    6. footpath ra Saaikal lane jata tatai banaunus ani marmat garnus

    2
    0
    Share

  • purna लेख्नुहुन्छ    |   २०७४ भदौ २६ गते ९:०२

    २ वर्षमा मुखले सम्भव होलानि म‍नो रेल,नत्र शुरुवात खोइ मेयर साव ???कि छुमन्तर लाउने हो???

    7
    1
    Share

  • सन्जु बाबा लेख्नुहुन्छ    |   २०७४ भदौ २७ गते ११:३५

    मेयर साबकाे मुडले नै भन्छ सय दिनमा कति राम्राे र के के काम भएकाे छ भनेर जनतालार्इ भनिरहन पर्दैन ।

    4
    0
    Share

  • Sharad paudyal लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते ७:०२

    kathmandu ko sadak ko kaaldo purna naskne le mono rail??? jhut ko kheti yahibaatai suru bhaisakyo.

    3
    0
    Share

  • chuda लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते १४:४६

    Mayor sab,saknuhunchha bhane pahila ktmko sadak durusta rakhnu hos, sadak thik rakhna nasakne le monorelko sapana dekhaun abasyak chhaina.

    4
    0
    Share

  • Suresh Bisural लेख्नुहुन्छ    |   २०७४ असोज १ गते १८:५२

    मेयर ज्यु पहिले जती पनि ठुल ठुला कुरा हाक्नु भको छ त्यो पुरा हुन सक्दैन भनेर महानगर बासी सँग माफी माग्नुस् जस्तै कि मोनो रेल इत्यादी इत्यादी, त्यस पछी आफु घर बाट महानगर हिंड्ने बाटोलाई ब्यबस्थित गर्नुस् अनी आफ्नो रुट परिवर्तन गरी प्रत्यक बाटो सरल र सहज बनाउनुस्, अनी बाँकी कुराको बारेमा दिमाग घुमाउनुस। तपाईंले उठाएको ९५ टन फोहोर तपाईंकै निकम्मिपनले जम्मा भएको हो, बरु हर गल्ली गल्ली मा CATEGORIGED फोहोर मलाई राखेर चोभार वा काभ्रेमा कुहिने फोहोर को ब्यबस्थापन गरी प्राङारिक मल बनाउनुस् त्यही मल हालेर फल्ने अर्गानिक तरकारी महानगर बासिलाई खुवाउनुस् ।

    बिकास भन्ने कुरा न उफ्रिने महँगो कार चढेर खाल्ट्प्ओ भएको रोडमा गूडेर मोनो रेलको सपना देख्नु होइन, यो त हाम्रो वोरपर भएको सानो सानो चुनौतिको सामना गरेपछी देखिने उपज हो । देशभर बाट जम्मा भएको करले होइन यहिको अवसरलाई सदुपयोग गरेर बिकास गर्नुस् ।

    2
    0
    Share

  • सुनिल पौडेल लेख्नुहुन्छ    |   २०७४ असोज ३ गते ०:४७

    दुई बर्ष भित्र मोनो रेल गुडने सम्भावना छ तर काठमाण्डों को सडक मा होइन भृकुटी मंडप को सेरोफेरो मा ၊

    3
    0
    Share

  • thundersubedi लेख्नुहुन्छ    |   २०७४ असोज ५ गते १५:२०

    नगर प्रमुखज्यु
    कहिं न कहिं / कुनै न कुनै बाट काम त सुरु गर्नुस अनि पाे सिद्धिन्छ त… सुरु नै नगरी कहां काम देखिन्छ त … न त देशभरीका खाेलानालबाट सुकुम्बासी नै हटे । न त प्रशुतीगृह पछाडी बागमतीमा हेर्नुस त सुकुम्बासीहरुद्धारा कस्तो फोहाेर भइरहेकाेछ न त त्यो नै हटाउन सकनुभयाे …
    यस्तो तालले कसरी बागमती सफा हुन्छ न त्याे समाधान गर्नसक्नु भयाे । न त देशैभरी विजुलीका तारहरु कत्ती डरलाग्दाे गरी लथालिंग भइ झुन्डीएकाे छ न त्याे नै मिलाउनु भयाे । न त देशभरी सडककाे दूर्दशाा भएर जनता मर्ने र विरामी हु‌दा समेत सडककाे खाल्टा पुर्नुभयाे । न त असाेजमा ल्याउने भनेकाे मेलम्ची ल्याउन प्रयास गर्नु भयाे । न त रानीपाेखरी र धरहराकाे जग नै हाल्न सक्नु भयाे अब तपाइ अाफैं भन्नुस त कसरी १०० दिन खेर गएन .. ? म त तपाइकाे हितैषी हाे यसलाइ एउटा साथीको सुझाब सम्झीएर अविलम्ब काम गर्नेतिर पाइला चाल्नुस है प्रमुखज्यू ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this