Comments Add Comment

‘साढे सात’मा पत्रकार बने सत्य, मेनुका र सुप्रियासँग प्रेम

मंसिर १५ गतेलाइ प्रदर्शन मिति तय गर्दै चलचित्र ‘साढे सात’को ट्रेलर सार्वजनिक भएको छ । सत्य स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो, एवीसी एन्ड एआरसी ग्रान्डसन फिल्म प्रोडक्शनले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन् । सुनिल थापा यो चलचित्रका प्रस्तुतकर्ता हुन् ।

यो चलचित्रले भारतले लगाएको नाकाबन्दीको समयमा एक पत्रकारले भोगेको कथालाइ उठान गरेको छ । चलचित्रमा पत्रकारको भूमिकामा गायक सत्यराज आचार्यले अभिनय गरेका छन् ।

चलचित्रमा उनको साथमा सुनिल थापा, मेनुका प्रधान, सुप्रिया, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रमा साप्तेन भुटियाको पटकथा, सम्पादन र निर्देशन छ । चलचित्रमा अनिष तामाङको छायांकन, सत्य-स्वरुपको संगीत छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार तथा निर्माता सुनिल थापाले आफूहरुले एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताए ।

यस्तै, निर्माता स्वरुपराज आचार्यले ‘साढे सात’ देशको भोगाइको कथामा बनेको बताए । निर्देशक भुटियाले थ्रिलर कथामा यो चलचित्र बनेको बताए ।
नाकाबन्दीको समयमा एउटा मिडिया हाउस र पत्रकारले भोगेको कथालाइ चलचित्रमा उतारिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी अन्नपूर्ण मिडिया गु्रपका प्रमुख रामेश्वर थापाले नेपाली मिडियाले नेपाली चलचित्र र कलाकारलाइ स्थान दिन थालेको भन्दै यो खुशीको कुरा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment