Comments Add Comment

मलिनाको नजरमा सारुक र मनिषमा को रोमान्टिक ?

नायिका मलिना जोशी चलचित्र ‘रानी’को शिर्ष भूमिकामा छिन् । यो चलचित्रमा उनीसँग नयाँ दुइ कलाकारले रोमान्स गरेका छन् । चलचित्रमा सारुक ताम्राकार र मनिषा श्रेष्ठले उनलाइ साथ दिएका छन् ।

नायक अनुप विक्रम शाही पनि चलचित्रमा मुख्य भुमिकामा छन् । चलचित्रमा समावेश ‘भन भन’ बोलको गीत सार्वजनिक कार्यक्रममा नायिका मलिना जोशीलाइ पत्रकारले सोधे-‘तपाइलाइ दुइ नव-नायकमध्ये को रोमान्टिक लाग्यो ?’ यो प्रश्नमो जवाफमा मलिनाले भनिन्-‘रोमान्टिक त मलाइ मनिष नै लाग्यो । सारुक केही लजालु छन् ।’

मलिनाले चलचित्र क्षेत्रबाट आफू टाढा हुन खोजेपनि चलचित्र ‘रानी’को टिमका कारण फेरि काम गरेको खुलाइन् । यो चलचित्रलाइ दयाराम दाहालले निर्देशन गरेका हुन् । दयारामले चलचित्र ‘रानी’बाट आफू पनि परिवर्तन हुन खोजेको बताए । यो चलचित्रले त्रिकोणात्मक प्रेमकथा बोल्ने उनको भनाइ थियो ।

कलाकार सारुक र मनिषले आफूहरुले मिहिनेत गरेको भन्दै ‘रानी’बाट स्थापित हुनेमा आशा व्यक्त गरे । कार्यक्रममा सार्वजनिक गरिएको ‘भन भन’ बोलको गीतमा विजय घिमिरेको शब्द तथा संगीत, विजय घिमिरे र निकिता थापाको स्वर छ ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन छ । विमलमान गुभाजुको निर्माणमा तयार भएको चलचित्रका प्रस्तुतकतार्न भानु महर्जन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment