Comments Add Comment

९६ दलले पाए चुनाव चिन्ह, राणा र लोहनी दुबैलाई हलो (सूचीसहित)

माओवादी केन्द्रसहित तीन दललाई एउटै चुनाव चिन्ह

२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संसदको चुनावका लागि ९६ दललाई चुनाव चिन्ह दिएको छ ।

मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव हुँदैछ । यो चुनावमा भाग लिन ९५ दलले आयोगमा निवेदन दिएका थिए । आयोगको बिहीबार बसेको बैठकले दर्ता भएका दलहरुको चुनाव चिन्ह निर्धारण गरेको हो ।

आयोगले एकल चुनाव चिह्नमा लड्न चाहने दुई वा दुई भन्दा बढी दललाई एउटै चुनाव चिन्ह दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न दिइएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

जस अनुसार नेकपा माओवादी केन्द्रसँगै समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टीले एउटै चुनाव चिन्ह पाएका छन् । तीन दलको चुनाव चिन्ह गोलाकारभित्र हसिया हथौडा कायम गरिएको छ ।

माले र जनसमाजवादी पार्टीले एउटै चुनाव चिन्ह हसिया तारा, राष्ट्रिय शिवसेना र राष्ट्रिय नागरिक पार्टीले सिपाही तथा पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आधुनिक पार्टी नेपालले बाघ चुनाव चिन्ह पाएका छन् ।

राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादीलाई हलो

निर्वाचन आयोगले राप्रपाबाट फुटेर बनेका दुई वटा दल राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीलाई हलो चुनाव चिन्ह दिएको छ । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई आयाताकारभित्रको हलो र पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई गोलाकारभित्रको हलो चुनाव चिन्ह दिइएको छ ।

नयाँ शक्ति पार्टी नेपालले आँखा चुनाव चिन्ह पाएको छ भने राष्ट्रिय जनता पार्टी नेपालले छाता चुनाव चिन्ह पाएको छ ।

हेर्नुहोस् कुन दलले कुन चुनाव चिह्न पाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment