Comments Add Comment

मेनुका शैली :’न प्रचारमा हिड्छिन्, न आफ्नै फिल्मको बारेमा बोल्छिन्’


अहिले चलचित्रका नायक-नायिका भन्दा पनि चलचित्र भित्र विभिन्न भूमिका निर्वाहा गर्न सक्ने कलाकार सर्वाधिक व्यस्त छन् । मेनुका प्रधान, कामेश्वर चौरासिया, वुद्धि तामाङ जस्ता कलाकारलाइ अहिले भ्याइनभ्याइ नै छ ।

चलचित्रमा व्यस्त भएपनि कलाकारले प्रचारमा भने समय दिन सकेका छैनन् । जसले गर्दा उनीहरु आलोचित पनि भएका छन् । नायिका मेनुका प्रधानलाइ दर्शकले आजबाट रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’को कुनै पनि प्रचारमा देखेनन् । बिहिबार काठमाण्डौमा आयोजना भएको चलचित्र ‘साढे सात’को ट्रेलर सार्वजनिक कार्यक्रममा मेनुका उपस्थित भइन् र कार्यक्रम संचालकले आग्रह गरेपछि यो चलचित्रको बारेमा थोरै मात्र बोलिन् ।

उनले चलचित्रमा फरक भूमिका निर्वाहा गरेको भन्दै उत्साहित रहेको मात्र बताइन् । हुनत, उनले चलचित्र ‘साढे सात’कै बारेमा पनि खास बोलिनन् । मेनुका चरित्र अभिनेत्रीको रुपमा अहिले निकै चलेकी छिन् ।

तर, कतिपय चलचित्रमा मेनुकालाइ नै नायिका लिएर निर्माताले लगानी गरेका छन् । तर, मेनुकाले चलचित्रमा काम गरेपछि आफ्नो काम सकिएको ठान्दा धेरै निर्माताले चलचित्रको प्रचारमा साथ पाएका छैनन् । चलचित्रमा व्यस्त हुनु राम्रो हो, तर प्रचारमा पनि समय दिनु कलाकारको दायित्व होइन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment