Comments Add Comment

चाइल्ड पोर्नोग्राफी हेरेको भन्दै सांसदले पतिलाई जेल पठाए


अष्ट्रेलियाकी एक महिला सांसदले बच्चाको अश्लिल तस्वीर राखेका कारण पूर्वपतिलाई जेल पठाएकी छन् ।

रशेल कारलिंग जेनकिङ्ग्सका अनुसार गत वर्ष उनले आफ्नै घरमा अश्लिल तस्वीरको संग्रह भेटेकी थिइन् । उनी र छोरा मिलेर उसको प्रहरीमा उजुरी गरिन् र उनका पति दोषी ठहर भएका छन् ।

उनका अनुसार यो घटनापछि उनको जीवन पुरै बदलियो ।

जेनकिङ्गसले भनिन् म आफैंले त्यो तस्वीर देखेँ । त्यो तस्वीर विक्षिप्त बनाउने खालको थियो । त्यो देख्दा म दुखी भएँ ।’

‘जुन दिन मैले यो सबै देखेँ, मेरो सम्वन्ध त्यही दिन सकियो । मैले घर छाडेँ र कहिल्यै घर फर्किनँ ।’

उनका अनुसार यसबारे उनी यसकारण मौन थिइन् कि प्रहरी र अदालतको प्रक्रियामा हस्तक्षेप गर्न चाहिन्नथिन् ।

उनलाई कहिल्यै शंका भएन कि उनका पति चाइल्ड पार्नोग्राफीको लत छ । उनले भनिन्, ‘यसबारे उजुरी गरेकोमा एक आमा र पत्नीको रुपमा मलाई कुनै पश्चाताप छैन ।’

जेनकिङ्ग्सका अन्सार उनका पतिले सम्वन्ध विच्छेद पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरे र सम्पत्ति बाड्न अस्वीकार गरे । मानसिक र आर्थिक रुपमा प्रताडित गरेको उनले बताइन् ।

सांसद जेनकिङ्ग्सले संसदमा पीडित बालिकाहरुप्रति दुःख पनि व्यक्त गरिन् ।

उनको सम्बोधनपछि अन्य सांस्दले जेनकिङ्ग्ससँग अंकमाल गरेका छन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment