Comments Add Comment

एक सातादेखि थुप्रिएको काठमाडौंको फोहोर भोलिबाट उठ्ने


२४ भदौ, काठमाडौं । झण्डै एक सातादेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर भोलि आइतबारबाट उठ्ने भएको छ ।
फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका थिए ।

महानगरपालिकाले शनिबार विहान उनीहरुसँग नयाँ समझदारी गरेपछि आइतबारबाट फोहोर उठ्ने निश्चत भएको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले अनलाइनखबरलाई बताए ।

‘आज पनि आंशिक फोहोर उठ्यो । भोलिदेखि न्युरोड, पुतलीसडक र कोरि एरियाको फोहोर पनि उठ्छ’ श्रेष्ठले भने ।

प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका थिए । ओखरपौवाका स्थानीयवासीको अवरोधले काठमाडौंका सडकमा फोहोरको डंगुर लागेको छ ।

विवाद नसुल्झाई काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य दक्षिणकोरियकोभ्रमणमा निस्कएपछि यसबारे थप अन्योल भएको थियो । तर, हिजो रातभर वार्ता गरेर महानगरपालिकाले स्थानीयको मागहरु सम्बोधन गरेको छ ।

फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रतिस्क्वायर मिटर वाषिर्क ५० रुपैयाँ दिँदै आएकामा नयाँ आर्थिक वर्षदेखि घटाएकाले विरोधमा अवरोध स्थानीयले बताएका थिए ।

यसअघि भएकोसहमतिको कार्यान्वयन नभएको, मुआब्जाको सीमा र रकम शुल्क घटाएको विरोधको माग सम्बोधन नभएसम्म फोहोर फाल्न नपाउने भन्दै फोहोर बोकेका गाडी नल्याउन स्थानीयवासीले सचेत गराएका थिए ।

काठमाडौं महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा तेह्र वर्षदेखि फोहोर फालिँदै आएको छ । स्थानीयवासीले उठाएका वैज्ञानिक रूपमा फोहोर विसर्जन, फोहोर फ्याँक्ने आउने मूल सडकको स्तरोन्नति र गाउँको शाखा सडक कालोपत्रे हुनुपर्ने माग गर्दे आएका थिए ।

फोहोर फ्याँक्न सिसडोलबाट एक हजार ९०० मिटरको दूरीमा पर्ने वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार निर्माण र प्रभावित बासिन्दाका लागि १५ शैय्या क्षमताको अस्पतालको निर्माण सुरू गर्नुपर्ने माग पनि प्रभावित बासिन्दाले उठाएका थिए ।  यी मागहरूकोबारेमा महानगरपालिकाले नयाा समझदारी गरेको छ ।

काठमाडौंमा दैनिक उत्पादन हुने करीब एक हजार ५०० टन फोहोरको विसर्जन सिसडोलमा गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment