Comments Add Comment

मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने

भाडादर बढाउने प्रक्रिया अघि बढ्ने


२४ भदौ, काठमाडौं । भदौको २७ गते अर्थात अागामी मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । आज यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।

यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग तेर्स्याएर व्यवसायीले बुकिङ खोलेका थिएनन् ।
आजको बैठकमा पनि व्यवसायीले भाडा समायोजन प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने बताएका थिए ।

मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।

अब २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुने यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई बताए ।

‘दशैंमा यात्रुलाई सुरक्षित र सहज तवरले घर पुर्‍याउन सरकार प्रतिवद्ध छ । यातायात व्यवसायीले पनि यसमा सहयोग गर्नुहुनेछ’ प्रवक्ता पाण्डेले भने ।

काठमाडौं उपत्यकाबाट दशैं मान्न झण्डै २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान छ । व्यवसायीले यसपटक सडकको अवस्था खबराव रहेको, छतमा सामान हाल्न नदिने अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनामा चासो नदिएको लगायतमा कारण देखाउँदै बुकिङ खोल्न आनाकानी गरेका थिए ।

तर, मन्त्री बलायरले व्यवसायीको मागमा विषयमा सरकार गम्भिर रहेको भन्द्यै दशैंमा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन अनुरोध गरेका थिए । त्यसैका आधारमा आज व्यवसायीले बुकिङ खोल्ने विषयमा सहमति जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment