Comments Add Comment

ब्याडमिन्टन सिक्दै श्रद्धा कपुर, देखिनेछिन् साइना नेहवालको बायोपिकमा

बलिउड अभिनेत्री श्रद्धा कपुरले ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिकका लागि तयारी सुरु गरेकी छिन् । हाल उनी ब्याडमिन्टनको तालिम लिइरहेकी छिन् ।

श्रद्धाले हालै इन्स्टाग्राममा एउटा तस्वीर पोष्ट गरिन् । त्यसमा उनी साइना नहवालसँगै अभ्यास गरिरहेको देखिन्छिन् । यसमा साइनाले श्रद्धालाई टिप्स दिइरहेको पनि देखिन्छ ।

यसअघि साइनाको रोलका लागि दीपिका पादुकोणको चर्चा थियो । तर, पछि श्रद्धाको नाम फाइनल गरियो । यद्यपि यो फिल्मसँग दीपिकाको अझै कनेक्शन छ ।

खासमा श्रद्धालाई जुन कोचले ब्याडमिन्टन तालिम दिइरहेका छन् उनी दीपिकाका बाबु प्रकाश पादुकोणकै एकेडेमीका हुन् । फिल्म सुरु हुनुभन्दा एक महिनासम्म श्रद्धाले ब्याडमिन्टन सिक्नेछिन् ।

एउटा अन्तरवार्तामा श्रद्धाले भनेकी थिइन् कि यो उनको करिअरको सबैभन्दा कठिन फिल्म हो । उनको कुरा पनि सही नै हो । साइनाले आफ्नो सिंगो जीवन ब्याडमिन्टनलाई दिएकी छिन् ।

एक महिना सिकेको भरमा उनको भूमिकामाथि न्याय गर्नु पक्कै सजिलो छैन । यो बायोपिकको निर्देशन अमोल गुप्ताले गर्दैछन् । यसको सुटिङ हैदराबाद र मुम्बईमा हुनेछ । फिल्म २०१८ मा रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment