Comments Add Comment

स्पार्ककारको सेवा अब विराटनगरमा पनि


२५ भदौ, काठमाडौं । काठमाडौंमा स्तरीय सेवा दिएर चर्चा बटुलेको स्पार्ककारले विराटनगरबाट पनि आफ्नो सेवा थालेको छ । काठमाडौंमा सफलता पाएपछि गाडी तथा ड्राइभर भाडामा उपलब्ध गराउने स्पार्ककारले मोफसलबाट पनि पहिलोपटक सेवा थालेको हो ।

औद्योगिक नगरी विराटनगरबाट सेवा थाल्न पाएकोमा खुसी व्यक्त गर्दै स्पार्ककारका प्रवन्ध निर्देशक घिमिरेले काठमाडौंमा जस्तै मोफसलमा पनि ग्राहकमैत्री र स्तरीय सेवा दिने प्रतिवद्धता जनाए ।

‘हामी विराटनगरमा एयरपेार्ट पिकअप र ड्रपको सुविधा विशेष रुपमा दिन्छौं । सँगै स्पार्ककारले दिने सबै किसिमका सेवा दिन हामी तयार र तत्पर छौं ।’

स्पार्ककारले अब विराटनगरमा पनि हरेक किसिमका गाडी भाडामा दिनेछ । यसले जहाँ, जुनसकै अवस्थामा गाडी मागेपनि उपलब्ध गराउँछ ।

त्यतिमात्रै होइन, आफ्ना गाडी चलाउन कुनै निश्चित समयका लागि ड्राइभर चाहिए पनि स्पार्ककारको एक कल फोन गर्दा तपाईंले सजिलो रुपमा सेवा पाइन्छ ।

अझ सहज पक्ष त के छ भने स्पार्ककारले २४ घण्टा नै सेवा दिन्छ । स्पार्ककारका प्रवन्ध निर्देशक घिमिरे स्पर्काकारले जुनसुकै समयमा पनि आवश्यक परेकाहरुलाई गाडी उपलब्ध गराउने बताउँछन् ।

मध्यरातमा बिरामी वा दुर्घटनामा पर्नुभयो, कारणबस कुनै गन्तब्यमा पुग्नै पर्‍यो, आकस्मिक रुपमा कतै निस्कनै पर्‍यो र तपाईंसँग सवारी छैन भने स्पार्क कारमा एक कल फोनमै कम्पनीले सेवा उपलब्ध गराउनेछ ।

स्पार्ककारले संस्थागत रुपमा नै ग्राहकको फोनको रेस्पोन्स गर्दै सेवा प्रयोगका लागि प्रोत्साहित गर्नेछ ।

‘अहिलेसम्म गाडीको मालिकलाई नै गाडी चाहियो भनेर कल गर्ने प्रचलन नै ब्याप्त छ । ऊसँगको मोल-मोलाई मिल्छ कि मिल्दैन ठेगान हुन्न’ घिमिरेले भने,’ हामी संस्थागत रुपमा नै ग्राहकलाई सन्तुष्ट गर्न चाहान्छौं । हामी यो काम सेवाभावका साथ गर्छौं ।’

यदि छोटा दूरीमा पनि ग्राककले स्पार्ककारको सेवा लिन चाहेमा कम्पनी तयार छ । स्पार्ककारले बाटोमा गाडी बिगि्रएर अलपत्र परेपनि गाडी भाडामा उपलब्ध गराएर तपाईंलाई गन्तब्यसम्म छाड्नेछ ।


यो कम्पनीले अहिले ड्राइभर पनि हायर गर्ने सुविधा दिएको छ । कसैले कुनै परिस्थितिमा १ दिन, २ दिनदेखि ६ महिना र एक वर्षसम्म पनि ड्राइभर भाडामा लिन चाहे पनि उपलब्ध गराइने प्रवन्ध निर्देशक घिमिरेले बताए ।

‘हामी उपभोक्तालाई गाडीका कारण कुनै तनाव सिर्जना नहोस् र यामा कुनै झन्झट नहोस् भन्नेमा सचेत छौं’ प्रवन्ध निर्देशक घिमिरेले भने, ‘हाम्रो सेवालाई सुरक्षित गर्न पनि हामीले विभिन्न आन्तरिक तयारीहरु गरेका हुन्छौं । ड्राइभरलाई जिम्मेवार र जानकार बनाउने विषयमा हामीले संस्थागत रुपमै प्रयास गरेका छौं ।’

अहिले कसैलाई कुनै यात्रा निस्कनु परेमा सवारी खोज्न निकै सास्ती हुने गर्छ । तर, स्पार्ककारले आˆनो सम्पर्कमा आउने ग्राहकलाई सुन्तुष्ट गराउने गरी सेवा दिइरहेको जनाएको छ ।

सेवा लिन चाहानेले कम्पनीको हटलाइनमा सीधै कल गर्न सक्छन् । स्पार्ककारको फेसबुक पेजमा गएरपनि गाडी बुकिङ गर्न सकिन्छ । त्यसपछि कम्पनीले नै ग्राहकलाई सेवाका लागि सम्पर्क गर्नेछ ।

स्पार्ककारले काठमाडौं र विराटनगरपछि नेपालगञ्ज, धनगढी, भद्रपुर, भैरहवा, चितवन, जनकपुर लगायतका शहरका एयरपोर्टबाट पनि यस्तो सेवा सुरू भएको गरिरहेको छ ।

कम्पनीले विवाह, पिकनिक, भ्रमण, पार्टी लगायतमा जान जुनसकै सवारी पनि भाडामा उपलब्ध गराउँछ ।  ग्राहकले मागेअनुसारका सबै किसिमका सवारी स्पार्ककारसँग नै छ ।

झण्डै ४० भन्दा बढी आफ्नै सवारी रहेको स्पार्ककारले सेवालाई प्रभावकारी बनाउन थप सवारी राख्ने योजना पनि बनाइरहेको घिमिरेले बताए । कम्पनीसँग कार, जीप, मिनि बस, बस लगायतका सवारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment