Comments Add Comment

दरबारमार्गको क्लबमा बर्षादेखि अशिष्मासम्मको क्याटवाक(फोटो फिचरसहित)


काठमाण्डौको डेजाभू क्लब अन्य शनिबार भन्दा भिन्न देखियो यसपटक । शनिबार डेजाभूमा नेपाली चलचित्रका चर्चित कलाकारदेखि पत्रकार, दर्शकको उपस्थित थियो । सधै, ठूलो साउन्डमा घन्किने दरबारमार्गको यो क्लब यसपटक भने कलाकार र मोडलका क्याटवाकले रंगियो । ब्लड क्यान्सरबाट पीडित नी बर्षका बालकको उपचार सहयोगका लागि शनिबार बेलुकी ‘रनवे परेड-२०७४’ डेजाभूमा आयोजना गरिएको थियो ।

नायक यशराज गराचद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा चर्चित फेसन डिजाइनरहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनहरुमा मोडल तथा नायिकाहरुले र्‍याम्प नापेका थिए ।
१६ जना महिला तथा ११ जना पुरुष मोडलहरुद्वारा पहिरन प्रदर्शन गरिएको उक्त फेसन शोमा लोकप्रिय कलाकारहरुले सोस्टपरको रुपमा क्याटवाक गरे ।

फेसन शोमा नायिकाहरु वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेतको साथमा नायक सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, मिस्टर नेपाल-२०१७ अक्षय रायमाझी तथा बक्सिङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्टले सोस्टपरको रुपमा क्याटवाक गरेका थिए ।

यो फेशन शोको आयोजना टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले गरेका थिए । गायक-गायिकाको गायन प्रस्तुती र केही कलाकारको नृत्यले फेसन शोलाइ अझ रोमाञ्चित बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment