Comments Add Comment

भैरहवा विमानस्थलको निर्माणमा ढिलाइ गर्नेलाई कारवाही हुन्छः पर्यटनमन्त्री

२५ भदौ, काठमाडौं । सरकारले भैरहवामा निर्माणधीन निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिला भए सम्बन्धित निकायलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देवले विमानस्थल निर्माणको काममा ढिलाई गरे सम्बन्धित पक्षलाई कडा कावारही गर्ने चेतावनी दिनु भएको हो ।

उनले निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ठेकेदार कम्पनीलाई सचेत गराइएको पनि स्पष्ट पारे ।

चालू आर्थिक वर्षको ६० दिनमा गरिने प्रमुख कार्यहरुको सूचि आईतबार काठमाडांैमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै मन्त्री देवले आफूले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई उच्च प्राथमिकता राखेको पनि स्पष्ट पारे ।

उनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काममा ढिलाइ हुनुमा ठेकेदार कम्पनी जिम्मेवार देखिएको स्पष्ट पार्दै अव पनि काममा ढिलाइ तत्काल कार्वाही हुने पनि चेतावनी दिए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम भने सन्तोषजनक ढंगले अघि बढाउन आफू सफल भएको दावी पनि गरे ।

मन्त्री देवले गौतम बुद्धको जन्मस्थललाई विश्वकै पर्यटक केन्द्रको रुपमा स्थापित गराउन लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले विश्वभरकै हिन्दुहरुको आस्थाको केन्द्र रहेको पशुपतिनाथको पूर्वाधार विकासको कामलाई तीव्र गतिका साथ अघि बढाउने बताए ।

मन्त्री देवले देशभर हिन्दु सर्किटको विकास गर्न आवश्यक गुरुयोजना तयार पार्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
मन्त्री देवले नागरिक उडड्यनसम्बन्धी सेवालाई गुणस्तरीय बनाउन लागि पर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment