Comments Add Comment

थानेश्वरलाई फर्काउन ‘ब्लड मनी’ संकलन थालियो, बुढी आमाले गरिन् याचना


२५ भदौ, काठमाडौं । रोजगारदाताको परिवन्धका कारण ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसालको सहयोगार्थ ब्लड मनी संकलन अभियान सुुरु भएको छ ।

विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील प्रवासी नेपाली समन्वय समितिले संयोजनामा थानेश्वर भुसालको सहयोगार्थ ब्लड मनी संकलन अभियान सुरु भएको छ ।

समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्द भुसालको उद्धारका लागि आवश्यक ४५ लाख ब्लड मनी जुटाउन सहयोग खाताको घोषणा गरेको छ ।

नवलपरासीको मध्यविन्दु नगरपालिका ८ घर भएका थानेश्वरको परिवार निकै गरिव छ । गरिबीलाई नै मेटाउन सवारी चालकका रुपमा उनी साउदी पुगेका थिए ।

तर, दुर्भाग्यबस अर्काको गल्तीका कारण भएको दुर्घटनामा अदालतले उनलाई आजीवन कारवासको सजाय तोक्यो । उनले जेलबाट छुट्न ४५ लाख ब्लड मनी तिर्न सक्छन् ।

तर, उनको परिवारको दयनीय अवस्थाका कारण त्यो सम्भव छैन । त्यसैले उनको उद्धारका लागि सहयोग संकलन अभियान सुरु गरिएको समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए ।

पीडित परिवारलाई सहयोग गर्न चाहानेले ‘थानेश्वर भुसालको सहयोगार्थ ब्लड मनी संकलन अभियान’को ग्लोबल आईएमई बैंकको काठमाडौंस्थित अनामनगर शाखाको खाता नम्बर ३९०१०१००००४०९ मा रकम जम्मा गर्न सकिनेछ ।

यो खातामा आउने सबै रकमलाई परादर्शी रुपमा वेबसाइटमा राख्ने समतिले जनाएको छ ।
‘हामी सहयोग रकमलाई परादर्शी रुपमा सार्वजनिक गर्छौं’ अध्यक्ष कार्कीले भने,’हामीले त्यसका लागि पीडित परिवारसँग पनि सम्झौता गरेका छौं ।’

थानेश्वरकी आमा यमकला भुसालले आफ्नो छोराको जीवन रक्षा र सकुशल उद्धारका लागि देश विदेशबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

‘हाम्रो एउटै साहारा उही हो । सय वर्ष काट्नुभएकी उसको हजुरआमा उसलाई कुरिरहनु भएको छ’ उनले भनिन्,’हामीलाई यो बुढेसकासलमा जीवन धान्न गाह्रो छ । तपाईंहरुको सहयोगले मेरो छोरा फर्किन सक्छ ।’

यो पनि पढ्नुस्-‘छोरा बचाउन म बुढीले कहाँबाट ल्याउँ ४५ लाख ?’ (भिडियोसहित)

युवा अवस्थामा नै विदेशिएका थानेश्वरले अहिले ३६ वर्षका भए । गाडी चलाउँदै गर्दा उनको गाडी र अर्को गाडी ठोक्कियो । दुई गाडीसँग अर्को गाडी पनि आएर चेप्पियो र २ जनाको ज्यान गयो ।

साउदीको अदालतले यो घटनामा थानेश्वरलाई प्रतिशत दोषी ठहर गर्‍यो र पीडित परिवारलाई १ लाख ५० हजार रियाल अर्थात ४५ लाख रुपैयाँ ब्लडमनी स्वरुप क्षतिपूर्ति भराउन थानेश्वरका नममा आदेश दियो ।

दुर्घटनामा आफैं पनि घाइते भएका थानेश्वर उपचारपछि फेरि गाडी चलाउन सुरु गरेका थिए । तर, त्यही बेला अदालतले दोषी ठहर गरेपछि जेल परे ।

छोरा छुटाउन हारगुहार गर्दैगर्दा यमकलाकी बुहारीले पनि घर छाडिन् र अर्को बिहे गरिन् । थानेश्वरका बुवा पनि काम गर्न सक्दैनन् । काम गर्ने क्रममा रुखको हाँगोले टाउकोमा लागेर उनी अशक्त जस्तै भएका छन् ।

अहिले यमकला एक्लैले घरको सबै ब्यवहार हेर्छिन् । उनी जति पीडा जति बोकेर भएपनि छोरालाई नेपाल फिर्ता ल्याउन कस्सिएकी छिन् ।

तर, उनी जब आफ्नो परिवारको अवस्था र तिर्नुपर्ने पैसाका दाँज्छिन्, उनलाई छोरा फर्काउन सकिएका भन्ने लाग्दै-लाग्दैन । ‘यो बुढेसकालमा कहाँबाट ल्याउनु ४५ लाख ?’ यमकलाका आँखा भरिन्छन् ।

शुक्रबार प्रवासी नेपाली समन्वय समितिको कार्याक्रममा भेटिएकी उनले भन्छिन्, ‘चुहिएको छानो टाल्न सकेको छैन । बाछिट्टा पानीले भत्किाएको कत्तर फेर्न सकेको छैन । त्यतिका पैसा म बुढीले कहाँबाट ल्याउँ ?’

थानेश्वरको पारिवारिक र अार्थिक अवस्था के छ ? भिडियोमा हेर्नुस्

सहयोगको अपील पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment