Comments Add Comment

उपभोक्ता ठग्नेमाथि कारवाही गर्न अर्थ मन्त्रालयकै असहयोग

२५ भदौ, काठमाडौं । उपभोक्ता ‘ठगी’ गर्ने दरबारमार्गका व्यापारीमाथि कारबाही गर्न अर्थ मन्त्रालयले असहयोग गरेको छ ।

आपूर्ति मन्त्रालयले पछिल्लो समय दरबारमार्ग क्षेत्रका पसलहरुमा अनुगमन गर्दा चर्को मूल्य असुलेको भेटिएको छ । त्यसक्रममा झण्डै एक दर्जन ब्राण्डेड पसलमा सिल गरिएको छ ।

सरकारी अनुगमनको विरोधमा दरबारमार्गका व्यापारीहरुले एक सातादेखि पसल बन्द गर्दै आएका छन् ।

मन्त्रालयका अनुसार यो उपभोक्तामाथि ठगी मात्र होइन, कम मूल्यको विल बनाएर ठूलै मात्रमा कर छली भएको पनि हुनसक्छ । कालोबजारी ऐनमा टेकेर अघि बढ्दा मुद्दा कमजोर हुन सक्ने भएकाले राजश्वको पाटोबाट अघि बढ्न अर्थको सहयोग खोजेको थियो ।

तर, अर्थ मन्त्रालयले चासो नदेखाएको बजार अनुगमनमा खटिएका अधिकारीहरूले बताएका छन् ।

बजार अनुगमनका क्रममा उपभोक्ता ठगेको पाइएका व्यापारीमाथि आवश्यक छानविनका लागि शनिबार आपूर्तिमन्त्री शिवकुमार मण्डलले अर्थमन्त्री र सचिवसँग सहयोगको आग्रह गरेका थिए । ‘अर्थ मन्त्रालयले अनुगमनमा आफ्ना प्रतिनिधि नभएको भन्दै आपूर्ति मन्त्रालयको आग्रहलाई अस्वीकार गरे,’ एक अधिकारीले अनलाइनखबरलाई भने ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मन्त्रालयकै राजश्व सचिव शिशिर ढुंगानाले समेत आपूर्ति मन्त्रालयको छानविनमा सहयोग पुर्‍याउने आग्रहलाई अस्वीकार गरेका थिए । आपूर्ति मन्त्रालयले प्रतिवेदन दिएमात्र अनुसन्धान गर्ने प्रतिक्रिया अर्थ मन्त्रालयले दिएको छ ।

तर, संयुक्त बजार निर्देशिका-२०६९ को दफा १५ मा बजार अनुगमनमा आवश्यक सहयोग मागेको खण्डमा सम्बन्धित निकायले जुनसुकै बेला पनि आफ्ना प्रतिनिधि पठाउने व्यवस्था छ ।

‘केही दिनअघि आपूर्ति सचिवको अध्यक्षतामा अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी भएको केन्द्रीय अनुगमन समितिको बैठकले बजार अनुगमनमा सघाउने निर्णय गरेको थियो’ एक अधिकारीले भने, ‘तर पूर्वप्रतिवद्धता बमोजिम अर्थले असहयोग गरेको छ ।’

राजश्व सचिव शिशिर ढुंगानाले भने आपूर्ति मन्त्रालयले गरेको छानविनमा अर्थले सहयोग गर्ने बताए ।

अर्थको असहयोगपछि अब कालोबजारी ऐनमार्फत कारबाही अघि बढाइने आपूर्ति विभागका अधिकारीहरू बताउँछन् । आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले कालोबजारीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने प्रष्ट  पारे । उनका अनुसार अनुगमनमा कैफियत देखिएका व्यापारीमाथि अहिले वयान लिने काम भइरहेको छ ।

यो पनि पढ्नुहोस् 

दरवारमार्गका ४ ब्राण्डेड पसल सिलः २६ सयको जुत्तालाई २६ हजार !

दरवारमार्गका व्यापारी भन्छन्- २० प्रतिशतमात्र नाफाले पुग्दैन

दरवारमार्गका व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा, सरकारी अनुगमनको विरोध

दरवारमार्गमा अनुगमन रोक्न महासंघको गुहार, मन्त्रीले सोधे-पहुँच हुँदैमा जे पनि गर्ने ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment