मंगलबार, ५ मंसिर, २०७४
OnlineKhabar.com

यहाँ सडक बालबालिकाले निकाल्छन् पत्रिका, सम्पादक र रिपोर्टर पनि आफैं

अनलाइनखबर


कहिलेकाहिँ बच्चाहरुले यस्तो काम गर्दछन् कि त्यो कल्पना पनि गरिएको हुँदैन । जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखानलाई चरितार्थ गर्छन् कहिलेकाहिँ कलिला उमेरका बालबालिकाहरुले । भारतको दिल्लीस्थित गौतमनगरका केही बालबालिकाहरुले यस्तै जब्बर काम गरेका छन् ।

उनीहरुको न त घर छ, न त ठेगाना । तर उनीहरुसँग दृढ इच्छा र अक्कल रहेछ । जसका कारण उनीहरुले एउटा मासिक पत्रिकाको प्रकाशन गरिरहेका छन् । उक्त पत्रिकाको नाम हो, बालकनामा । उक्त पत्रिकामा काम गर्ने रिपोर्टरदेखि लिएर फोटो पत्रकार र सम्पादक सबै उनै सडक बालबालिकाहरु नै छन् ।

यी बालबालिकाहरुले दिनभर खोजी–नीति गरेर बालबालिका सम्बन्धी समाचार संकलन गर्दछन् । त्यसपछि बेलुका एकैठाउँमा जम्मा हुन्छन् । दिनभर खोजेर ल्याइएका समाचार जम्मा पारिन्छ । काँटछाँट हुन्छन् ।

उक्त पत्रिका बालबालिका सम्बन्धी रहेको छ । पत्रिका हिन्दीका अलावा अंग्रेजी भाषामा पनि छापिन्छ । ट्याबलोइड साइजको उक्त पत्रिकामा काम गर्ने धेरै बच्चारुले पत्रिकाबाटै पढ्न लेख्न सुरु गरेका हुन् ।

उक्त पत्रिकामा काम गर्ने बालबालिकाहरुको संख्या ५० भन्दा धेरै छ । सबैलाई केही न केही जिम्मा दिइएकै छ । कसैले रिपोर्टिङ गर्छन् त कसैले फोटो खिचेर ल्याउँछन् । दिनभरिका समाचारलाई कम्प्युटरमा लेख्ने र अन्तिम रुप दिने काम केहीले गर्दछन् । अनि सम्पादकले सम्पादन गर्दछन् ।

हरेक महिनाको २५ तारेखमा पत्रिकाको सम्पादकीय बैठक बस्ने गरेको छ । त्यसमा अन्य ठूला पत्रिकाहरुमा जस्तै समाचार सामग्री, कभर स्टोरी, साजसज्जा आदिको बारेमा छलफल हुन्छ । अनि महिनाको अन्त्यमा उक्त मासिक पत्रिका प्रकाशन गरिन्छ, अर्को महिनाको सुरुमा बजारमा जाने गरी । पत्रिकाको मूल्य २ रुपैयाँ भारु रहेको छ । भारतमा मात्रै यो पत्रिका ८ हजार प्रति बिक्ने गरेको छ ।

एजेन्सी

२०७४ भदौ २६ गते १२:०३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this