Comments Add Comment

अब ट्वीटरको मोबाइल एपबाटै अकाउन्ट शेयर गर्न सकिने


माइक्रोब्लगिङ साइट ट्वीटरले अब आफ्ना प्रयोगकर्तालाई मोबाइल एपमार्फत नै ट्वीटर  अकाउन्ट शेयर गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

अब ट्वीटरको मोबाइल एपबाटै प्रयोगकर्ताले पासवर्ड शेयर नगरिकनै ट्वीटर  अकाउन्टमा पहुँचको साझेदारी गर्न सक्नेछन् ।

यो फिचरलाई ट्वीटर  डेक टिम्स भनिन्छ । योसँगै एउटै मोबाइल एपमार्फत धेरैवटा ट्वीटर  अकाउन्ट खोल्न सहज भएको छ र यसले खासगरी बिजनेस र ब्राण्डहरुका ट्वीटर  अकाउन्ट चलाउनेहरुलाई एउटै एपबाटै विभिन्न अकाउन्टमा अपडेट पोष्ट गर्न, रिप्लाई हेर्न, डिएम गर्न लगायतमा सहजता हुनेछ ।

ट्वीटरको ट्विटडेक युनिटका अनुसार यो पासवर्ड शेयर नगरिकनै अन्य अकाउन्टहरु एक्सेस गर्ने सहज तरिका हो । ट्वीटर  एपको भित्रै यो फिचर प्रयोग गर्न सकिनेछ । ट्वीटडेकमा तपाईंले एकसाथ विभिन्न ट्वीटर  अकाउन्ट प्रयोग गर्न सक्नुहुनेछ ।

योसँगै अब मोबाइल एपबाटै ट्वीटरका धेरै अकाउन्ट प्रयोग गर्न सकिनेछ । यसअघि केवल एडमिनले मात्रै ट्वीटडेक टिमको प्रयोग गर्न सक्दथ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment